ढुक्क हुनुहोस् यो सरकार ५ वर्षसम्मै टिक्छ : प्रधानमन्त्री

काठमाडौं, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको वर्तमान सरकार पाँचै वर्षसम्म जाने बताएका छन्।

बुधबारदेखि काठमाडौंमा सुरू भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचन सम्पन्न भएदेखि अहिलेसम्म सरकार परिवर्तन नभएको र आगामी पाँच वर्षसम्म पनि आफू नेतृत्वकै सरकारले निरन्तरता पाउने विश्वास रहेको बताएका हुन्।

सम्मेलनमा काठमाडौं महानगरप्रमुख बालेन साहले सरकारको निश्चितता र स्थिरताबारे शंका रहेको बताएका थिए।‘स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन गर्‍यौं। त्यसपछि सरकार निरन्तर एउटै छ। मेरै नेतृत्वमा सरकार छ । मलाई विश्वास छ, यो सरकार पाँचै वर्षसम्म जान्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च