५ चैत, काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी र अर्थविज्ञ सल्लाहकार नियुक्त गरेका छन् ।राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवर र प्रमुख आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाललाई नियुक्त गरेका हुन् ।
दुईदिनअघि निर्णय भएर बुधबार (आज) नियुक्ति पाएको नेपालले जानकारी दिए । कानुनी सल्लाहकारमा नियुक्ति पाएका कुँवरले पनि नियुक्ति पाएको पुष्टि गरे ।
कुँवर गण्डकी प्रदेशको पहिलो प्रदेश प्रमुख हुन् । उनी पूर्व प्रधानमन्त्री शुशील कोइरालाको कार्यकालमा सरकारको महान्यायाधिवक्ता थिए ।