अर्घाखाँची,चैत । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ७ गच्छेका २३ वर्षिय अमृत भुसाल पाईलट बनेका छन् । फिलिपिन्समा गएर अध्ययन गरेका भुसालले पाईलट बनि लाईसेन्स लिईसकेका छन् ।
काठमाडौंको वृहस्पती मावि नक्सालबाट एसईई उत्तिर्ण गरेका भुसालले ३.७ जिपिए ल्याएका छन् । काठमाडौंकै केएमसी कलेजमा +२ अध्ययन पछि भुसाल पाईलट बन्नका लागी फिलिपीन्स गएका थिए । आफनै स्वईच्छामा पाईलट बन्ने रहर लागी अध्ययन गरेको बताए ।
युवराज भुसाल र धनकला भुसालका २३ वर्षिय छोरा हुन अमृत ।