सार्वजनिक यातायातमा भाडा छुट गर्न अनेरास्ववियू (क्रान्तिकारी) को माग

तानसेन। अनेरास्ववियू (क्रान्तिकारी)का विद्यार्थीले सार्वजनिक यातायातमा यात्रा गर्दा विद्यार्थी, अपाङ्ग, तथा जेष्ठ नागरिकले छुट सुबिधा पाउनुपर्ने माग रोखा छन् । सरकारले व्यवस्था गरेर पनि पाल्पामा सोको कार्यान्वय नभएको भन्दै पालपाका प्रमुख जिल्ला अधिकारीमार्फत उनीहरुले माग राखेका हुन् ।

बिहीबार पाल्पा जिल्लाभर सञ्चालन हुने सार्वजनिक सवारीसाधनले विद्यार्थीलगायत अन्य अन्य लक्षित वर्गका नागरिकले ४५ प्रतिशत भाडामा छुट दिनुपर्ने प्रावधान उल्लङ्घन गरेको भन्दै प्रमुख जिल्ला अधिकारी बन्धुप्रदास बास्तालालाई ज्ञापनपत्र बुझाएका छन् ।

सरकारसँग भएको सम्झौता अनुसार विद्यार्थी, जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकले भाडामा छुट पाउनुपर्ने र त्यसको कडाईका साथ कार्यान्वयन गर्न स्थानीय प्रशासनले पनि पहल गर्नुपर्ने मागसहित ज्ञापनपत्र बरझाएको अनेरास्ववियू (क्रान्तिकारी) भित्रुवन बहुमुखी क्याम्पसका इन्चार्ज ताराबहादुर रायमाझीले बताए ।

यसअघि पश्चिम नेपाल बस व्यवसायी प्रा.लि, श्रीनगर यातायात सेवा कम्पनीलाई ज्ञापनपत्र बुझाइसकेको हुँदा तत्काल सोको कार्यान्वय हुनपर्ने आफूहरुको माग रहेको विद्यार्थीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च