चैत्र २४
माथागडी गाउँपालिका वडा न २ को आयोजनामा जनजाति लक्षित कार्यक्रम अन्र्तगत उद्घोषण तालिम सम्पन्न भएको छ ।
तालिम गाउँपालिकाको सहयोग तथा वडा कार्यालयको आयोजनामा सम्पन्न भएको हो ।
जनजाति लक्षित कार्यक्रम अन्तर्गत वार्षिक निति तथा कार्यक्रमै समावेश गरेर तालिमको आयोजना गरीएको वडा सचिव सरस्वती पन्थले जानकारी दिनुभयो । वडाले यस अघि महिला लक्षित कार्यक्रम सम्पन्न गरेको र अब युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको सचिव पन्थले जानकारी दिनुभयो ।
५ दिनसम्म चलेको उद्घोषण तालिम प्रभावकारी भएको बताउदै तालिम समापन कार्यक्रमा बोल्दै वडा सदस्य यान सिहं थापाले सार्वजनिक कार्यक्रममा आफ्ना विचार राख्न सक्ने र सामाजिक विषयबस्तु उठाउन नसक्ने,कुनैपनि कार्यक्रमलाई औपचारिक तथा अनौपचारीक तरिकाले सन्चालन गर्न नसक्नेहरुलाई तालिमले सहयोग पुयाएको बताउनु भयो ।
जनजातिहरुको क्षमता वृद्धि गर्न आफ्नो भावना र विचार व्यक्त गर्न कुनैपनि कार्यक्रमलाई सन्चालन गर्नका लागि सहयोग पुग्ने अपेक्षा सहित तालिमको आयोजना गरीएको वडा अध्यक्ष बोम बहादुर ठाडा मगरले बताउनु भयो । उहाँले हरेक क्षेत्रमा बोल्नुपर्ने भन्दै,प्रमाण—पत्र मात्रै लिएर राख्ने भन्दा पनि निरन्तरता दिनको लागि समेत वडा अध्यक्ष ठाडाले बताउनु भयो ।
उद्घोषण तालिमले जनजातिहरुको अवस्थालाई परिर्वतन गर्ने विश्वास व्यक्त गदै वडामा कुनैपनि कार्यक्रम सन्चालन गर्न उद्घोषण तयार गर्नु तालिमको उदेश्य रहेको अध्यक्ष ठाडाको भनाई रहेको छ ।
अध्यक्षा ठाडा मगरले तालिम पछि सहभागी जनजातिहरुले आफ्ना कुरा निर्धक्क राख्न सक्ने र सार्वजनिक कार्यक्रम सञ्चालन गर्न सक्ने भएको बताउनुभयो । उहाँले जनजातिहरुलाई क्षमता अभिबृद्धिका लागि यस्ता खालका तालिमहरु अनिवार्य जस्तै बन्दै गएको बताउनुहुँदै बोल््ने कलाले जिवन परिर्वतनसँगै बोलेरै जिवन चलाउन सक्ने भएको बताउनु भयो ।
तालिमले सहभागीहरुलाई ढुक्क भएर अगाडी बोल्न सक्ने बनाएको बताउदै तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न अध्यक्ष बोम बहादुर ठाडाले आग्रह गर्नुभयो ।
वडा नं २ रुप्सेका ३३ जना सहभागी रहेको तालिम वडा कार्यालयको सभाहलमा ५ दिनसम्म सञ्चालन भएको थियो । तालिममा पत्रकार दिपक भट्टराई र सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यक्रम अधिकृत शिव शंकर न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।
तालिम समापन कार्यक्रममा वडा अध्यक्ष ,कार्यपालिका सदस्य,वडा सदस्यहरु वडा सचिव लगायत वडाका कर्मचारी कर्मचारीहरुको सहभागिता रहेको थियो ।