जोमसोम जाँदै गरेको बस दुर्घटना, ४ जना घाइते

काठमाडौ । काठमाडौँबाट मुस्ताङको जोमसोमतर्फ जाँदै गरेको घोडाघोडी कम्पनीको बा ४ ख ९६७४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेकाे छ ।

बेनी-जोमसोम सडकको तिप्ल्याङखण्ड अर्न्तगत अन्नपूर्ण गाउँपालिका, १ मा पर्ने तिप्याङ नजिकै बिहान करिब ९.४५ बजे सडकबाट तल बारीमा पल्टँदा त्यसमा सवार ४ जना यात्रु घाइते भएका छन् ।

घाइते भएका ४ जनालाई अन्नपूर्ण गाउँपालिकाको एम्बुलेन्समा उपचारका लागि बेनी अस्पताल पठाइएको तिप्ल्याङ प्रहरी चौकीले जनाएको छ ।प्रहरीका अनुसार साढे १० बजे घाइते लिएर एम्बुलेन्स बेनीतर्फ लागेको र घाइतेहरुको विवरण खुलिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च