सामाजिक चित्रणसहित प्रकाश शपुतको ‘सकम्बरी’ २० लाख भ्युअर्स बटुल्दै युटुवमा ट्रेन्डिङ–१ मा पर्न सफल

काठमाडौ । विभिन्न सामाजिक विषय वस्तुलाई संगीतको माध्येमबाट चोटिलो प्रहार गर्न माहिर मानिएका गायक प्रकाश सपुतले यस पटक ल्याएको ‘सकम्बरी’ २० लाख भ्युअर्स बटुल्दै युटुवमा ट्रेन्डिङ–१ मा पर्न सफल भएको छ । विहिबार सार्वजनिक ‘सकम्बरी’ले रिलिज भएको ३ दिनमै यो समाचार तयार पार्दासम्म करिब २० लाख भ्युअर्स, १ लाख २८ हजार बढी लाईक र साढे ८ हजार बढी कमेन्ट प्राप्त गर्न सफल भएको छ ।
गरिबी, अशिक्षा, पारिवारिक यातना र आफ्नो महत्वकांक्षा पूरा गर्न शहर पसेकी ‘फूलमाया’ पात्रको माध्यमबाट सामाजिक यथार्थता तथा कलाकारिता क्षेत्रको रंगीत दुनियाभित्र हुने अध्यारो दुनियाका बारेमा ‘सकम्बरी’ले चित्रण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च