साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित ऐतिहासिक आख्यान अस्तित्वको लोकार्पण

पाल्पा साहित्य समाजका अध्यक्ष एवं साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित ऐतिहासिक आख्यान अस्तित्व लोकार्पण एवं विमर्श कार्यक्रम सम्पन्न भएको छ । नेपाली वाङमयको श्रीबृद्धिको लागि पाल्पा साहित्य समाजको २९ औ स्थापना दिवसको अवसरमा कृतिको बिमोचन गरिएको हो । सेनकालिन ऐतिहासिक आख्यान कृति अस्तित्वका लेखक पुस्कर अथक रेग्मीले कृति आख्यान भएपनि मूलत यो गितीउपन्यास भएको बताउनुभयो । साथै प्रमाणिक शोधखोज , अनुसन्धान र बिशयसामग्रीको अध्ययनबाट कृति तयार भएको बताउनुभयो ।
पाल्पा उधोग बाणिज्य संघको सभा कक्षमा भएको कार्यक्रमको मूल पाहुना प्रमुख अतिथि पाल्पा जिल्लाका जिल्ला समन्वय समितिका सभापति टंकनाथ खनाल हुनुहुन्थ्यो ।

त्यसैगरी अस्तित्व कृति कुनै काल्पनिक नभै इतिहासकै श्रोतका आधारमा २३ औ कृतिका रुपमा अस्तित्व लेखिएको बताउनुभयो । प्रमुख अतिथि जिल्ला समन्वय समिति का सभापति टङकनाथ खनालले हरेक बिशयका घट्ना क्रम बस्तुनिष्ठ हुने भएकोले तत्कालिन समाजको लागि कृति ऐतिहासिक दस्तावेजका रुपमा रहने बताउनुभयो । त्यसैगरी पाल्पाली सेनकालिन इतिहासबारे सरल भाशामा लेखिएको आख्यान अस्तित्व कृति पाठकहरुलाई प्रभावकारी हुने प्रमुख अतिथि खनालले बताउनुभयो ।

पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिहले केहि वर्ष अघि घटेको दरवार हत्याकाण्ड बारे अहिले सम्म स्पष्ट हुन नसकेको अवस्थामा शताब्दि अगाडि घटेको घटनाबारे लेखकले जतिसुकै प्रमाणिक रुपमा लेखेपनि इतिहास अपुग रहने बताउनुभयो । त्यसैगरी बिभिन्न बिशयमा भ्रम सिर्जना गरी पाठक र श्रोतालाइ अल्मलाउन नहुनेमा जोड दिनुभयो ।

पुस्तककाे समिक्षा गर्दै उपप्राध्यापक पुस्कर आचार्यले पुस्तकमा एकतिसौ अध्यायसम्म पौराणिक लेखनकलाको माध्यमबाट तत्कालिन इतिहासका घटना क्रमलाइ गीतकबितामा समेटेर सेनकालिन ऐतिहासिक ग्रन्थको बीरगाथा गौरबगाथाबारे बताउनुभयो । कार्यक्रममा साहित्यकार गोबिन्द नेपाल , पुरुशोत्तम अर्याल , बिष्णु पन्थ , सबिता भट्टराईले आ-आफ्ना भनाइ सहित शुभकामना ब्यक्त गर्नुभयो ।

” अस्तित्व प्रकाशनले पाल्पाको साहित्यको इतिहासमा एउटा नौलो इटा थपिएको छ । कृतिले ऐतिहासिक पाल्पाको अस्तित्व उजागर गरेको छ । अथकले इतिहासलाई साहित्यको माध्यमले अात्ध्यात्मिकरण गरी बस्तुनिष्ठ तरिकाले प्रस्तुत गर्नु भएको छ ” भनी प्रमुख अतिथि खनालले बताउनु भयो ।

अथकद्वारा लिखित अस्तित्वमाथि समीक्षा गर्दै त्रिभुवन बहुमुखी क्याम्पसका उप प्राध्यापक पुष्कर अाचार्यले ,” अाख्यानले साच्चै सेनकालीन पाल्पाको अस्तित्व खोजेको छ । शुन्य अध्यायबाट शुरू भएको अस्तित्व अात्मोध्यायमा टुंगिएको छ । विचका ३१ वटा अध्यायमा कथाहरू अात्ध्यात्मिक शैलीमा बहेकन छन् ।लेखनमा नवीनपन छन्। पूर्वजहरूमा समर्पित कृतिमा जन्मभूमिको अस्तित्व ख‍‍‍ोजिएको छ ।” भनी बताउनु भयो । कार्यक्रममा बुद्धिजीवी एवं लेखक निर्मल श्रेष्ठद्ारा इतिहासको कुरा उठान गर्दै गोविन्द नेपालद्वारा पाल्पा साहित्य समाज र लेखक पुष्कर अथक रेग्मीको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गरिएको थियोे ।

अस्तित्वको तिसौं अध्यायमा रहेको लोकगीत सुमधुर अावाजमा कलाकार विष्णु पन्थद्वारा गाईएको थियो । गीतले राजा पृथ्वीपाल सेनकी रानी परमेश्वरीको दर्दभरि कहानी प्रस्तुत गरेको थियोे । साहित्यकार पत्रकार गुणवती केसीले शुभकामना मन्तव्य संगै अस्तित्व भित्र रहेका गीतहरूलाई गायन गरि कार्यक्रमलाई रोचक बनाउनुका साथै पाठकलाई अाकर्षण गर्नुभएको थियोे ।

लेखक पुष्कर अथक रेग्मीले ,” कोरोनाकालमा जम्मा १० दिन लगाएर आख्यान लेखिएको हो । आख्यानलाई अात्ध्यात्मिककरण गरिएको छ । इतिहासको अध्ययन गरि लेखिएकोले काल्पनिकता छैन् । अस्तित्व एक पटक सबैले पढिदिनुहोला र क्रियाप्रतिक्रिया व्यक्त गर्नुहोला । समाजको कार्यक्रममा उपस्थित हुनुभएकोमा सबैलाई धन्यवाद छ ” भन्नुभयो ।


बि. सं २०५१ सालमा स्थापित पाल्पा साहित्य समाजले पाल्पामा नियमित र बैधानिक रूपमा साहित्यिक गतिविधि संचालन गर्दै अाएको छ ।पाल्पा साहित्य समाजले विभिन्न पुस्तक प्रकाशन गर्दै अाएको छ । पुष्कर अथक रेग्मीको तेइसौ कृति अस्तित्व पनि पाल्पा साहित्य समाजद्वारा प्रकाशित कृति हो ।अस्तित्व सेनकालीन इतिहासलाई अाख्यानीकरण गरि लेखिएको कृति हो । अथकद्वारा लिखित कृतिमा सेनकालीन इतिहास र मानवीय क्रियाकलापलाई देवतवकरण गरिएको छ । अस्तित्वमा अथक स्वयं र राजा मणिमुकुन्द सेनको स्वरूप मानिदै अाईएको चक्रशिलाबिच सम्वाद भएको कथालाई एकतिस अध्यायमा विभक्त गरि लेखिएको छ । कृति पठनीय र उदाहरणीय रहेको छ।अस्तित्व अथकको तेइसौं प्रकाशित कृति हो ।

” इतिहास लृखनमा कहिल्यै पुर्णथा हुदैन । ईतिहासका अस्पष्टताहरू स्पष्ट हसदै जानुपर्छ ” भनी पासासका संरक्षक राजेन्द्र गोपाल सिहले बताउनुभयो । कार्यक्रम कोषाध्यक्ष पुरूषोत्तम अर्यालक‍ो स्वागत , सचिव सविता भट्टराईको संचालन र राजेन्द्रगोपाल सिहको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च