पाल्पा, बैशाख ५
राष्ट्रिय जनमुक्ति पार्टीले पाल्पाको तानसेनमा खबरदारी मार्चपास गरेको छ । जनताको त्याग र बलीदानीबाट प्राप्त उपलब्धीको रक्षाका लागि राष्ट्रिय जनमुक्ति पार्टीको लुम्बिनी प्रदेश समितिले जिल्ला व्यापी रूपमा सञ्चालन गरेको कार्यक्रम अन्तर्गत तानसेनमा सो कार्यक्रम भएको हो । पार्टीको जिल्ला कार्यालय, सिलखानटोलबाट निकालिएको खबरदारी र्याली बिशालबजार हुँदै हुलाकचोकमा आई कोण सभामा परिणत भएको थियो । कोण सभालाई राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सचिव गीता सारूले सम्बोधन गदे जनबलबाट प्राप्त उपलब्धी संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता खतरामा पारिदै लगिएको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाले उपलब्धीको रक्षाका लागि आफ्नो पार्टीले समयमै खबरदारी गरेको बताउनुभयो ।
प्राप्त उपलब्धीहरूप्रति राष्ट्रिय जनमुक्ति पार्टीले पूर्ण रूपमा स्वामित्व लिने पनि उहाको भनाई थियो । परिवर्तनका पक्षधरहरू अब एक जुट हुन आव्हान गर्दै देशमा स्थायित्व र शान्तिका लागि अब जनता जागरुक हुनुको विकल्प नभएको सारुको भनाई थियो । कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरूङले देशमा बढ्दो व्यथितिका कारण प्राप्त उपलब्धीप्रति जनताको निराशा बढेको तर जनता नै अब कडाइका साथ अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । जनुमक्ति पार्टीले गत चैत २६ गतेदेखि खबरदारी मार्चपास कार्यक्रम प्रारम्भ गरेको हो ।