गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर एक पुरुषको ज्यान गयो

गुल्मी। गुल्मीमा आइतबार दिउँसो खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । छल्दिखोलाको माझघाटको रहमा पौडी खेल्ने क्रममा जिल्लाको मदाने गाउँपालिका-६ पुर्कोटदहका ३७ वर्षीय भिम बहादुर कुंवरको मृत्यु भएको हो ।

सामाचौरदेखि भाडगाउँ जोड्ने पुल नजिकैको खोलामा नुहाउन जानू अघि कुंवर सहित ३/४ जनाको टोलि भाडगाउँ तर्फको सडकको काम हेर्न पेटी ठेकेदार भएकोले हेर्न आएका थिए । त्यसपछि स्थानीय होटलमा खाना खाइ नुहान भनी खोला तर्फ लागेका थिए । नुहाउने क्रममा कुवर भुमरिमा डुबे पछि सङ्गै गएका साथिहरु पनि पौडी खेल्न नजान्ने भएकोले स्थानीयलाई गुहार मागेर उद्दारको कोसिस गरेको र साढे २ बजेको समयमा मृत निकालेको आफूहरुलाई ३ बजेतिर जानकारी आएको जिल्ला प्रहरी प्रमुख एसपी नवीन कुमार प्रधानले बताए । अहिले साझ सम्म पनि घटना स्थलबाट शव उठाइएको छैन । घटनास्थलमा प्रहरी निरीक्षक रबिन्द्र श्रेस्ठ सहितको टोली छ ।

अहिले भर्खर मदाने गाउँ पालिका उपाध्यक्ष सरिता खड्कासहितको आफन्तजन घटनास्थलमा आइ पुगेका छ्न् । अब भने शव उठाएर पोस्टमार्टमका लागि तम्घास लगिने प्रक्रिया सुरु हुने परहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च