पाल्पा दुर्घटना अपडेट : एक महिलाको मृत्यु, ११ घाइते

पाल्पा, वैशाख १० गते । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ–५, जोरधारा नजिकै बस दुर्घटना भएको छ । दुर्घटनामा परी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान सवा नौ बजे बुटवलबाट पाल्पा हुँदै बाग्लुङको बुर्तिबाङ्तर्फ गइरहेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ११ जना घाइते भएका छन् । पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घाइते सबै जनलाई लुम्बिनी मेडिकल कलेज पठाइएको जानकारी दिनुभयो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च