उप निर्वाचन चितवन-२ : विहान ८ बजे सर्वदलीय बैठकपछि मतगणना

चितवन। चितवनमा आज सोमबार बिहान ८ बजे सर्वदलीय बैठकपछि मतगणना सुरु हुने भएको छ । मतदान सकिएसँगै हिजो आइतबार बैठक बस्ने भनिए पनि सर्वदलीय बैठकमा सिडिओ र जिल्लाका प्रहरी प्रमुख नआएपछि दलका प्रतिनिधिहरु मतगणनास्थलबाट बाहिरिएका थिए ।

चितवन-२ का सबै मतपेटिका मतगणनास्थल भरतपुरस्थित दूरसञ्चार राेडमा रहेकाे चितवन उद्याेग संघकाे प्रदर्शनी केन्द्रमा आइतबार राती ९ बजे नै ल्याइएको थियो । ४३ मतदानस्थलका १३८ मतदान केन्द्रका मतपेटिकाहरू भरतपुर गणना स्थलमा ल्याउने काम रातको ९ बजेनै सकिएकाे सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए ।

कुल १ लाख २४ हजार ६९५ मतदाता रहेकाे चितवन-२ मा आइतबार भएकाे मतदानमा ७८ हजार २७७ मत खसेकाे प्रारम्भिक विवरण आएकाे आचार्यले बताए । मंसिर ४ काे निर्वाचनमा ८४ हजारभन्दा बढी मत खसेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च