पाल्पामा अक्षय तृतियको अवसरमा खुदो पानी तथा जौको सातु वितरण

पाल्पा । पाल्पामा अक्ष्यय तृतियको अवसरमा खुदो पानी तथा जौको सातु वितरण गरीको छ तानसेन नारायण स्थानमा विश्वहिन्दु महासंघ जिल्ला कार्य समीतिको आयोजनामा करीव १५०० जनालाई जौको सातु तथा खुदोपानि वितरण गरीएको हो ।

अक्षय तृतीयाको पौराणिक मत अक्षय तृतीयाको पौराणिक मत
अक्षय तृतीयाको पौराणिक इतिहास महाभारत कालदेखिकै पाइन्छ । जब पाण्डवहरु १२ वर्ष निर्वासनमा थिए, एक दुर्वासा ऋषि उनीहरूको कुटीमा आए । उनीहरूको कुटीमा आएका उनलाई द्रौपदीले भक्तिपूर्वक सत्कार गरिन् । जे छ त्यही खान दिइन् । यही सत्कारबाट खुसी भएका दुर्वासाले द्रौपदीलाई एउटा अक्षय भाँडा प्रदान गरिन् ।

भाँडा दिँदै दुर्वासाले द्रौपदीलाई अक्षय तृतीयाको महत्वको बारेमा समेत बताएर गएका थिए । यस दिन पृथ्वीमा जो कोहीले विष्णुलाई विधि विधानले पूजा गर्छ वा चना, सातु, मौसमी फल, कपडा र पानीले भरिएको घडा दान गर्छ उनको घरको भण्डार सधैं पूर्ण रहनेछ । त्यही कथाको आधारमा यो पर्वको महत्व बढ्न गएको हो ।

यत्किञ्चिद)दीयते)दानं)स्वल्पं)वा)यदी)वा)बहु
तत्सर्वं)अक्षयं)यस्मात्तेनेयमक्षया)स्मृता ।।

अक्षय तृतीयाको दिन गरेको जप, दान, वा पुण्य कर्म धेरै होस् वा थोरै होस्, त्यो सबै अक्षय अर्थात कहिले पनि नाश नहुने हुन्छ । त्यसकारण अक्षय तृतीयाको दिन पुण्यका काम हरु गर्नु पर्छ र अक्षय तृतीयाको दिन धर्म घडा पनि दान गर्नु भनिएको छ।
उपरोक्त महत्वपुर्ण धार्मिक कारणले गर्दा आजको दिनलाई सर्वसिद्धिको दिनको रुपमा पनि लिइएको छ । आजको दिनमा गरेको दान, पुन्य, भजनकृतन, ब्राह्मणभोजन, दक्षिणा, एवं दुस्खी गरिव तथा वटुकहरुलाई समेत अन्नप्रासन गराउने, जौको सातु तथा सर्वत खुवाउने गर्दा आजको पुन्यको फल अक्षय अथवा कहिल्यै नास हुदैन भन्ने अभिछिन्न धार्मिक मान्यता रहि आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च