पाल्पा । तानसेनको टुडिखेल मैदानमा सञ्चालन भईरहेको १३ औ पाल्पा महोत्सवमा बैशाख १७ गते आईतबार महोत्सवको मुख्य आकर्षणको रुपमा शिरीष देवकोटा,खेम सेन्चुरी,कालीका रोका,मर्मता कोईरालाको प्रस्तुती रहने मेला आयोजक संमितिका प्रचार प्रसार संयोजक विदुर घिमिरेले जानकारी दिनुभयो ।
महोत्सवमा विभिन्न विद्यालयको नृत्य प्रतियोगिता तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
बैशाख १८ गते सोमबार चर्चित गायक बर्दी पंगेनी, चर्चित गायिका शान्ती श्री परियार हांस्य कलाकार लगायत स्थानिय कलाकारहरु प्रस्तुती रहने मेला आयोजक संमितिका प्रचार प्रसार संयोजक विदुर घिमिरेले जानकारी दिनुभयो ।
टुँडिखेलमा सञ्चालन भईरहेका ‘पाल्पा महोत्सव’मा हरेक दिनजसो राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहनेछ ।