रोल्पा जाँदैको जिप दुर्घटना : एक विद्यार्थीको मृत्यु, ८ जना घाइते

बैशाख । रोल्पाको गंगादेवमा गाडी दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका-६ राँक ताप्लाका लागि हिडेको लु १ ज ४७५५ नम्बरको डबल क्याप गाडी आइतबार अप्राह्न गंगादेवको ओइलाम नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी स्थानीय १५ वर्षका स्कुल ड्रेसमा रहेका विद्यार्थी तिलक वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले बताए । उनकाअनुसार दुर्घटनामा परेर ८ जना घाइते छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनिहरुलाइ उद्धार गरी प्रहरीले उपचारका लागि दाङ तुलसीपुरतर्फ पठाएको छ ।

गाडीमा ९ जना सवार रहेको बुझिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको डीएसपी मगरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च