प्रधानमन्त्री प्रचण्डलाई ओलीकाे चुनाैती– ‘दाेषीविरुद्ध उभिने हिम्मत देखाउनुस्

बैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध दृढतापूर्वक उभिन चुनौती दिएका छन् ।

सोमवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको प्रथम पूर्ण बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड त्यो प्रकरणका दोषीलाई जोगाउने पक्षमा लागि परेकै कारण आफूले भेटमा ‘दोषीहरू कोही पनि नछुटून्’ भनेर भन्नुपरेको जिकिरसमेत गरे । धानमन्त्रीले त्यो प्रकरणका दोषीलाई जोगाउने, आफ्नो पार्टीलाई फसाउने खालको प्रयास गरेपछि आफूले प्रकरणको छानबिन गरी दोषीमाथि कारबाही गर्न दबाब दिनुपरेको बताए ।

उनले भने, ‘प्रधानमन्त्री भ्रष्टहरूलाई जोगाउने र निर्दोषहरूलाई अनावश्यक ढङ्गले मुद्दामा फसाउने खालका प्रयास देखियो, त्यस कारण समयमा मैले प्रधानमन्त्रीलाई भनेको छु– निर्दोषलाई फसाउने कोसिस नहोस् । कोही पनि भ्रष्टाचार नउम्किऊन् । छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्‍यो ।

प्रतिपक्षको विरुद्ध होइन, दोषीको विरुद्ध उभिने हिम्मत देखाउनुस् त ? म प्रधानमन्त्रीलाई चुनौती दिएर भन्छु– दोषीको विरुद्ध उभिने हिम्मत देखाउनुस्, प्रतिपक्षका विरुद्ध होइन । म तपाईँहरूलाई आश्वास्त पार्न चाहन्छु– हाम्रो पार्टीले कसैको दोष, अपराधको ढाकछोप गर्दैन र कोही पनि दोषीलाई बचाउने काम गर्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च