जनप्रतिनिधी र स्थानिय निकायले नदेखेको अनौठो मन्दिर

तानसेन । कति धार्मिक स्थल यस्ता पनि हुदा रहेछन हेर्दा सामान्य तर कुनै शक्तिपीठ भन्दा कम नहुने जहाँ भक्कल गर्दा मनोकामना पुर्ण हुने
यस्तै आस्थाको केन्द्र रहेको पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं ९ मा अवस्थीत रहेको कमलेश्वर महादेव मन्दिर रहेको छ । विगत पुरानो ईतिहास वोकेको सामान्य वर पिपल चौपारीमा अखण्ड हरेराम हरेकृणष भजन र महादेउ पानिदेउ भन्दै भजन कृतन गरेको दिन पानी वर्षने गरेको सोही स्थानका पाका पुस्ता वेणीमाधव न्यौपानेले जानकारी दिनुभयो ।

करीव पाच दशक पुरानो ईतिहास वोकेको मन्दिर हरेराम चौपारीवाट स्थानिय भक्तजनको सर सहयोग वाट र जन सहभागीतावाट कमलेश्वर महादेव मा परीणत हुँदै गयको र पुरानो शैलिको मन्दिरलाई पुर्ननिमाणार्थ शिवपुराण महिमा विशेष सप्ताहाकार्यक्रम गरि स्थानियकै दान वाट संकलित रकमवाट हाल यो अवस्थासम्म आयको सोही स्थानका स्थानिय ईश्वरी भण्डारीले जानकारी दिनुभयो ।

तिन्टीआप मदनपोखरा संगम वहुउदेश्यीय सहकारी छेउमा निर्माण प्रवेशध्दार स्थानिय नुरुदेव पराजुलिको नेतृत्वमा साउदि अरववाट संकलिल युवाको समुहवाट सौजन्य गरीयको कमलेश्वर महादेव मन्दिर प्रवेशध्दार वाट करीव ५०० मिटर अगाडि रहेको मन्दिर जाने वाटो केही वर्ष अगाडि आधा वाटोसम्मको नालि निर्माण भयको थीयो तर स्टमेट ५०० मिटरकै भयतापनि २५० मिटर मात्र नालि निर्माण भयको छ ।

मन्दिर जति आस्थाको धरोहर छ त्यति नै दान दाताले धानेका छन मन्दिर अगाडि रहेको ट्रस स्थानिय वन उपभोक्ता समीति र मन्दिरको संयुक्त लगानिमा वनेको छ सोही स्थानमा ठूलो मंञ्च कमलेश्वर शिवगणको अगुवाईमा देउसी भैलो खेलि संकलित रकम र शिवगण का सदस्यवाट नै निर्माण भयको सोही स्थानका समाजसेवि युवा विष्णु भण्डारी ले वताउनु भयको छ ।

२०६० सालमा स्थापना भयको मन्दिर २०७६ मा स्तर उन्नति को लागि सप्ताहा गरि रकम संकलनवाट यहासम्म आईपुगेको छ । यसै मन्दिरको वारेमा स्थानिय निकाय वडा कार्यालय वेखवर जस्तो छ पुरानो स्थानमा भयको शौचालय मन्दिर हुँदै जुम्लेवारी जोडेने मार्ग निर्माण गर्ने वेला शौचालय भत्काईयको थियो करीव दुई वर्ष वितिसक्दा पनि सो मन्दिरमा सौचालयको कुनै प्रवन्ध रहेको छैन जहाँ खुल्ला दिशा पिसाव मुक्त क्षेत्र घोषणा गरीयको छ त्यहा नै खुल्ला शौचालय वनाउन वाध्य छ मन्दीर व्यवस्थापन समीति वाट सौचालयको माग नभयको भने पक्कै हैन तर स्थानिय निकायको कारण वझेलमा परेको छ यस मन्दिर जहाँ हरेक वर्ष वोलवम जलयात्रा आयोजना हुन्छ हजारौ भक्तजन को उपस्थीति हुने गर्दछ । त्यही स्थानमा वर्षायाममा व्यवस्थीत नालि नभयकै कारण भक्तजन मर्कामा र कष्टमा पर्न गरेका छन अब कहावाट कुन दाताले दान देलान र हामी सौचालय निर्माण गर्ने योजना गराउदछौ भन्दै हामिलाई जानकारी यसै मन्दिरको उपाध्यक्ष्य युवा पं समाजसेवि दशरथ पाण्डेले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च