अर्घाखाँची । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि संघीय सरकारले अर्घाखाँचीका ६ पालिकाका लागी ३ अर्ब १ करोड २३ लाख बजेट बिनियोजित गरेको छ । अन्तर-सरकारी बित्तीय हस्तान्तरण मार्फत सरकारले समानिकरण अुनदान, सशर्त अनुदान, बिशेष अनुदान र समपूरक अनुदान मार्फत बिनियोजित कुल बजेट अन्र्तगत चालुतर्फ २ अर्व ७५ करोड ३८ लाख बिनियोजित छ । यस्तै पूंजीगत तर्फ २५ करोड ८५ लाख मात्र बिनियोजन गरिएको छ ।
सरकारले अर्घाखाँचीका लागी समानीकरण अनुदानतर्फ ६८ करोड, सर्शत अनुदान तर्फ २ अर्व १७ करोड ६३ लाख बजेट बिनियोजन गरेको छ । यसैगरि जिल्लाका लागी बिशेष अनुदान अन्र्तगत ७ करोड ९० लाख र समपूरक अनुदान तर्फ ७ करोड ७० लाख गरि कुल ३ अर्व १ करोड २३ लाख बिनियोजन गरिएको छ ।
जिल्लाका सबै स्थानीय तहमा विनियोजित बजेट अनुसार समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर सो वजेट विनियोजन भएको हो । अर्घाखाँचीका छवटा पालिका मध्ये सवैभन्दा धेरै शितगंगा नगरपालिकालाई ५९ करोड २५ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ, जहाँ ५५ करोड ७४ लाख चालू खर्च र ३ करोड ५१ लाख पुजिगत खर्चका लागि बजेट कायम छ ।
यस्तै सन्धीखर्क नगरपालिकालाई ५७ करोड ५३ लाख रुपैयाँ विनियोजित गरेको छ । यस्मा पनि चालुतर्फ ५० करोड ३८ लाख रुपैयाँ छ भने पुजिगत तर्फ ७ करोड १५ लाख बजेट बिनियोजन गरिएको छ ।
भुमिकास्थान नगरपालिकालाई ५२ करोड ३६ लाख रुपैयाँ विनियोजित भएको छ । त्यहाँ बिनियोजित बजेट मध्ये चालुतर्फ ४७ करोड ८९ लाख र पुजिगततर्फ ४ करोड ४७ लाख बिनियोजित छ ।
यस्तै, सबैभन्दा कम छत्रदेव गाउँपालिकालाई ३८ करोड ६० लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । छत्रदेवमा चालुतर्फ ३४ करोड ९५ लाख र पुजिगत तर्फ ३ करोड ६५ लाख बजेट बिनियोजन गरिएको छ ।
विनियोजित वजेट अनुसार आगामी आर्थिक वर्षका लागि मालारानी गाउँपालिकामा ४६ करोड ५ लाख (चालुतर्फ ४२ करोड १८ लाख र पुजिगत तर्फ ३ करोड ८७ लाख) र पाणिनी गाउँपालिकामा ४७ करोड ४४ लाख (चालुतर्फ ४४ करोड २४ लाख, पुजिगत तर्फ ३ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।