भैरहवामा बन्ने एकीकृत जाँच चौकीको शिलान्यास

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा रुपन्देहीको भैरहवामा बन्ने एकीकृत जाँच चौकीको शिलान्यास गरेका छन् । नेपाल र भारत बीचको व्यापार प्रवर्द्धन तथा सहजीकरणका लागि सीमा नाकामा बन्ने यो संरचनाले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसैगरी नेपालगञ्जको रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको प्रधानमन्त्रीद्वयले संयुक्त रुपमा उद्घाटन गरेका छन् । भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसबाट उनीहरुले सो जाँचचौकीको उद्घाटन गरेका हुन् ।

यसअघि विरानटगरमा त्यस्तै जाँचचौकी निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेको छ । सवारी साधनको सहज पार्किङ, सामान आयात तथा निर्यातका लागि त्यस्ता संरचनाले महत्वपूर्ण सहयोग गर्नेछ । उद्योगी व्यवसायीले एकीकृत संरचनाको माग गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च