तानसेन । विश्व वातावरण दिवसको अवसर पारेर तानसेनका बिभिन्न स्थानमा सरसफाइ गरिएको छ । पाल्पा प्यारागन बोडिङ्गमा अध्ययनरत बिद्यार्थीको ग्रीन युथ क्लव, शिवालय टोल विकास संस्था र ग्रीन फर गुडका सहभागीहरुले संयुक्त रुपमा सरसफाइ गरेका हुन् ।
सो अवसरमा पाल्पा प्यारागनका बिद्यार्थीहरुले जनचेतना मुलक गित सगिंत सहित बजारमा सचेतना मुलक रयाली समेत निकालेका थिए । पछिल्ला दिनमा मानविय कारणले समुदायमा फोहर मैलाले नकारात्मक असर पारिरहेको अबस्थामा केही हदसम्म भए पनी जनचेतना जगाउने तथा बिद्यार्थीहरुमा पनी सरसफाइलाई महत्व दिन कार्यक्रम गरिएको पाल्पा प्यारागनका प्रिन्सिपल गंगाबहादुर खत्रीले बताउनु भयो ।
बिभिन्न प्लेकार्ड र ब्यानर बोकेका विद्यार्थी, शिक्षक र विभिन्न संस्थाहरुका सहभागीहरूले लायन्स आखाँ अस्पताल, शिवालय चोक, शितलपाटी लगाएतका स्थानमा सरसफाइ गरेका थिए भने बिभिन्न स्थानमा ग्रीन फर गुड तानसेन लेखिएका डष्टविनहरू समेत राखिएको छ ।