सामुदायिक स्वास्थ्य ईकाइ स्थापना,गदै माथागढी गाउँपालिका

तानसेन । जिल्लाको माथागढी गाउँपालिकाको आ.व. ०७९/८० को वार्षिक नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाको पाँच स्थानमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गर्ने कार्यक्रम बमोजिम माथागढी गाउँपालिका वडा नं. ७ रहवासको मटेरी र वडा नं. ८ बहादुरपुरको ताकातुङमा सामुदायिक स्वास्थ्य ईकाइ समुद्घाटन भएको छ । नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउने गाउँपालिकाको नीति बमोजिम माथागढी वडा नं. ७ को रहवास मटेरी क्षेत्रमा ठुलो बस्ती रहेको र स्वास्थ्य चौकी सम्म जान कठिन भएकोले गाउँपालिकाले सामुदायिक स्वास्थ्य ईकाइको स्थापना गरेको हो ।

समुद्घघाटन कार्यक्रम माथागढि गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष जंग बहादुर दर्लामीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीको प्रमुख अतिथी, उपाध्यक्ष बिष्णुमाया लुङ्चे को बिशिष्ट अतिथी, वडा सदस्यहरु, स्वास्थ्य शाखाका कर्मचारी, सम्बन्धित वडाका स्वास्थ्य संस्थाका कर्मचारीहरु, बिभिन्न बिध्यालय तथा संघ संस्थाका प्रतिनिधीहरु र स्थानीय बासिन्दाहरुको उपस्थितीमा कार्यक्रम गरिएको थियो । प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले स्वास्थ्य संस्थाको प्रवेशद्वारको रिवन काटेर जेष्ठ नागरिक तथा स्वास्थ्य ईकाइका लागि जग्गा दाता श्री हेम बहादुर सार्कीको स्वास्थ्य परिक्षण गरि समुद्घघाटन गर्नु भएको थियो ।

कार्यक्रमको अवसरमा सामुदायिक स्वास्थ्य ईकाइको लागि २ रोपनी जग्गा प्रदान गर्नुहुने हेम बहादुर नेपालीलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै महेन्द्र नरेश म. वि. का प्र. अ. छबिन्द्र बि.क.ले गाउँपालिकाले स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथमिकतामा राखि काम गरेको र यस स्वास्थ्य ईकाइले यस भेगका नागरिकलाई ठुलो सहुलियत भएको बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङ्चे र प्रमुख अतिथी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले भौतिक बिकास र सामाजिक विकास सन्तुलित रुपमा हुनु पर्ने र स्वास्थ्य ईकाइ स्थापना गर्दा गाउँपालिकालाई आर्थिक भार बढ्ने भएता पनि सोच बिचारका साथ सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गरिएको र समुदायले यसको अधिकतम उपयोग गर्नु पर्ने र स्वास्थ्य संस्थामा बिरामी भएर औषधी उपचार मात्र लिने नभएर स्वस्थ भएर आषधी गर्न नपर्नको लागि पनि स्वास्थ्य सेवा लिन आग्रह गर्नु भएको थियो । वडा सचिव फनि कुमारी थापाले स्वागत गर्नु भएको कार्यक्रम रहवास स्वास्थ्य चौकीका सि. अ. हे. ब. भिम बहादुर रानाले संचालन गर्नु भएको थियो ।
त्यस्तै गरि आज नै माथागढी वडा नं ८ बहादुरपुरको ताकातुङमा पनि सामुदायिक स्वास्थ्य ईकाइको समुद्घघाटन भएको छ । वडा अध्यक्ष दिल बहादुर ढेंगाको अध्यक्षतामा भएको समुद्घघाटनमा प्रपुख अतिथी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले समुद्घघाटन गर्नु भएको थियो भने कार्यक्रममा स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितीका उपाध्यक्ष राजेश कुमार नेपाली धारादेवी मा. वि. का प्र. अ. केशव दर्लामी लगायत बक्ताहरुले ताकातुङमा रहेको स्वास्थ्य चौकी आफ्नै भवन बनेर बहादुरपुरमा सरेकोमा साविकको स्वास्थ्य चौकी रहेको स्थानमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गरिदिएर गाउँपालिकाले तहाँका नागरिकलाई स्वास्थ्य सेवा निरन्तर गरिदिएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

स्वास्थ्य शाखा प्रमुख केशव बहादुर जि सी ले सामुदायिक स्वास्थ्य ईकाइबाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी गराउनु भएको थियो । ताकातुङ सामुदायिक स्वास्थ्य ईकाइका अ. न. मी. अनिसा दर्लामी ले स्वागत गरेको कार्यक्रमको संचालन अ. हे. ब. जमुना प्रधानले संचालन गर्नु भएको थियो । दुवै स्थानका समुदायका नागरिकहरुले स्वास्थ्य सेवा घरदैलोमा ल्याईदिएकोमा जनप्रतिनिधीलाई धन्यवाद व्यक्त गर्दै १ पाता सिटामोल र सामान्य स्वास्थ्य परिक्षणाको लागि घण्टौ लगायर जानुपर्ने अवस्थाको अन्त भएको बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च