रामपुरमा भान्छा सुधार कार्यक्रम

रामपुर (पाल्पा),
स्वस्थकर जिवनशैलि प्रवर्द्धनमा गृहणिहरुका लागि भान्सा सुधार कार्यक्रम रामपुरमा सुरु भएको छ । पाल्पा अायुर्वेद स्वास्थ्य केन्द्र तानसेन पाल्पाको अायाेजनामा कार्यक्रम भएको हाे । स्वास्थ्य केन्द्र पाल्पाका निमित्त प्रमुख जीवन बस्यालकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका कार्यपालिका सदस्य माया नेपाली रहनु भएको हाे ।
कार्यपालिका सदस्य नेपालीले याे कार्यक्रम अति अावश्यक रहेको हुदा रामपुरमा कार्यक्रम संचालन गरेकोमा अायाेजकलाई धन्यवाद दिनुहुदै भान्छा सुधार र सरसफाइ, स्वास्थवर्दक खानाले शरिरलाई हित गर्ने हुदा यसमा ध्यान दिन सहभागीलाई अनुराेध गर्नुभएको छ । कार्यक्रममा भान्छा सुधार, खाना खाने समय, खानाकाे मात्रा, पाैष्टिक खाना लगायत दैनिक अाहारका विषयमा सहभागीलाई जानकारी दिइएको छ ।
रामपुर अायुर्वेद अस्पतालकाे सभाहलमा कार्यक्रम भएको हाे । शनिबार र अाइतवारसम्म चल्ने कार्यक्रमकाे सहजिकरण अायुर्वेद पाल्पा अस्पतालका निमित्त प्रमुख जीवन बस्याल, वैध निरिक्षक यज्ञप्रसाद गैरे, भान्सा सुधार कार्यक्रम संयाेजक सरिता केसि, रामपुर नगरपालिका स्वास्थ्य शाखा संयाेजक गिरिराज घिमिरे, रामपुर अायुर्वेद शाखा प्रमुख चेमनप्रकाश पाेखरेल लगायतले गर्नुभएको छ । कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य अामा समूह लगायतको सहभागीता छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news.serofero@email.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च