पाल्पामा जेठ १५ गतेबाट जारी कर्नेल उजिरसिं पाल्पा गोल्डकपको फाइनल खेल जेठ २७ गते हुने भएको छ । फाईनलमा प्रतियोगितामा होराईजन फुटबल क्लव वालिङ स्याङजा र रोडस् रामपुर फुटबल क्लब चितवन फाइनलमा भिड्ने भएका छन । बुधवार तानसेनको टँुडिखेलमा भएको प्रतियोगितामा होराईजन फुटवल क्लव वालिङ स्याङजाले दि फेमश महिन्द्र दल गण पाल्पालाई २ शुन्य गोलले पराजित गरी फाइनल प्रवेश गरेको हो ।
होराईजन फुटबल क्लव वालिङ स्याङजाका १७ नं खेलाडी टिकाराज गुरुङले खेलको ७ मिनेटमै गोल गरेका थिए भने खेलको ८१ औ मिनेटमा १४ नं. खेलाडी विरेक चौधरीले गोल गरी टिम लाई विजयी बनाए । बुधवार भएको सेमिफाइनल प्रतियोगितामा टिकाराज गुरुङ म्यानअफदि म्याच भए । उनले नगद ३ हजार पुरस्कार पाएको संचार संयोजक करण चित्रकारले बताए ।
१२ टिम सहभागी भएको प्रतियोगिताको फाइनल जेठ २७ गते शनिबार हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख, दोस्रो हुने टिमले नगद १ लाख ५० हजार, पाल्पाली करुवा ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले जानकारी दिए । फुटवल प्रतियोगिता हेर्न तानसेनको टुडिखेलमा हजारौ दर्शकहरुको सहभागीता रहेको थियो । प्रतियोगिता हेर्न अस्थायी प्यााफिट निर्माणले फुटवल प्रेमीले मजाले तानसेनको टुँडिखेलमा फुटवल हेर्न पाएका छन् ।