स्याङ्जा । स्याङ्जा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ,३ जना घाइते भएका छन ।
पर्वतबाट स्याङ्जातर्फ आउँदै गरेको हाइलक्स जीप बुधबार साँझ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोलेमा दुर्घटना भएको हो ।
दुर्घटनामा जीपका चालक वालिङ नगरपालिका–४ एलादीका अन्दाजी ३५ वर्षीय अमृत खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
समितिका समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएको पनि प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब ५० मिटर तल खसेको थियो ।