पाल्पा । सडक दुर्घटना बढ्दै जान थालेपछि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको आयोजना र श्रीनगर यातायात सेवा प्रा।लि।को सहजिकरणमा जिल्ला अस्पताल पाल्पा, पाल्पा लायन्स लाकौल आंखा अस्पताल पाल्पा र यातायात सेवा कार्यालय पाल्पाको प्राविधिक जनशक्तिको सहयोगमा चालक सहचालकको स्वास्थ्य परिक्षण र यान्त्रिक परिक्षण गरीएको थियो ।
चालक, सहचालक अस्वस्थ हुनु र सवारी साधनका यान्त्रिकरणको अवस्था समेत ठिक नहुनुुले दुर्घटना हुने गरेको भन्दै त्यसको समाधानका लागि स्वास्थ्य परीक्षण र सवारी साधन जाँच गरिएको हो ।लायन्स लाकौल आँखा अस्पताल, पाल्पा अस्पताल, यातायात व्यवस्था सेवा कार्यालय र नेपाल रेडक्रस सोसाईटीको सहजीकरणमा बुुधबार ७० जना चालक, सहचालक र ४१ सवारी साधन परीक्षण गरिएको छ ।
पाल्पाबाट छुट्ने लामा तथा छोटा दुुरीका सवारी साधनको जाँच र चालक, सहचालकको स्वास्थ्य परीक्षण गरिएको हो । सवारी दुर्घटनाले ठूूलो जनधनको क्षति भएसँगै दुर्घटनामा कमी गराउने उद्देश्यले सवारी चालक, सह चालक, र सवारी साधानको यान्त्रिकरण जाँच गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्र।ना।नि।दामोदर मल्लले बताउनु भयो । सवारीसाधन चलाउँदा ओभरटेक प्रमुख दामोदर मल्लले बताउनु भयो । उहाले,‘ चालक र सहचालकमा उच्च रक्ताचाप, आँखामा कमजोरी, जस्ता समस्या हुुन सक्छन्, त्यति मात्र होइन सवारी सधानहरु पनि पुराना,यात्रिन्करण विग्रीएका हुन सक्छन्, जसले गर्दा दुर्घटना निम्त्याउन्छ, त्यसलाई रोक्नका लागि हामीले स्वास्थ्य परीक्षण र यान्त्रिकरण जाँच गर्ने अभियान नै थालेका हौँ ।
तीव्रगतिले जनधनको क्षति हुने भएकाले यसबारे चालकलाई सचेत पार्नका लागि प्रहरीलाई भीडभाड हुने क्षेत्र र सम्भावित दुर्घटना हुने क्षेत्रमा परिचालनसमेत गरिएको छ । “तनाव र अस्वस्थता भएका बेला पनि दुर्घटना हुने निकै सम्भावना रहन्छ”, प्रमुख प्र.ना.नि.दामोदर मल्लले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीराम भट्टले दुर्घटना हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका मन्त्री केशव नेपाल, आँखा अस्पतालका कार्यक्रम संयोजक सन्तोष दर्जी, पाल्पा उद्योग वाणिज्य संघका महासचिव समिरमान सिंह, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की, सामुदायिक सेवा केन्द्रका जयप्रकाश उप्रेती लगायतले दुर्घटना न्यूनिकरणका लागि ट्राफिक कार्यालय र श्रीनगर यातायातले सञ्चालन गरेको अभियान सकरात्मक रहेको भन्दै यसलाई निरन्तरता दिन सबैको आग्रह थियो ।
सवारीसाधन चलाउँदा ओभरटेक नगर्ने र दूरी कायम गरी सवारीसाधन चलाउनका लागि समेत प्रहरी चालकलाई सम्झाउने बुझाउने कार्यमा संलग्न भएका छन । सवारीसाधनको क्षमताभन्दा बढी यात्रु नचढाउने, सवारीसाधन चलाउँदा सिट बेल्ट अनिर्वायरूपमा चालकले बाँध्ने, सवारीसाधनमा यात्रुलाई झुन्ड्याएर नचढाउनेलगायत कार्य रोक्नका लागि ट्राफिक प्रहरीले कार्य अगाडि बढाएको छ ।
सवारीसाधन चलाउनुभन्दा अगाडि सवारीको अवस्थाबारे अनिवार्यरूपमा जाँच गर्ने र मोटरसाइकल चलाउँदा आवश्यक कागजातका साथै हेल्मेट लगाएर मात्र चलाउने कार्य गर्नुपर्ने कुरा चालकलाई प्रहरीले सडकमै बताउने गरेको छ । ट्राफिक नियमको उल्लङ्घन गर्दै अटेरी गरेर सवारीसाधन चलाउनेलाई नियमानुसार कारबाही गरी जरिवाना तिराउने कार्यलाई समेत तदारुकताका साथ अगाडि बढाइएको छ । सवारी चालकले मादक पदार्थ सेवन गरे(नगरेकोबारे र द्रुतगतिमा सवारी हाँक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारिमाथि कडाइ गर्ने कार्य गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीराम भट्टको अध्यक्षता, यातायात व्यवसायी तथा श्रीनगर यातायात सेवाका किरण चित्रकारको स्वागत, कम्पनीका कार्यालय प्रमुख भविन्द्र गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।