तानसेन। पाल्पामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका –९ फक्टुङकी ४५ वर्षीया धना खाँणको आफ्नैै बारीमा रहेको लिचीको रुखबाट लडेर मृत्यु भएको हो ।
सोमबार दिउँसो लिची टिप्ने क्रममा रुखबाट लडेर घाइते भएकी खाँणको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पाका प्रहरी नायक उपरीक्षक वीरेन्द्र थापाका अनुसार मृतक खाँणको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।