माथागढी गाउँपालिकाका शिक्षकहरुलाई ५ दिने सूचना प्रविधि सम्बन्धि तालिम

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाका शिक्षकहरुलाई ५ दिने सूचना प्रविधि सम्बन्धि तालिम दिन सुरु गरिएको छ । मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत माथागढी गाउँपालिका भित्रको सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत प्रअ, लेखा शिक्षक, शिक्षकलाई तालिम दिइएको हो ।

तालिम उद्घाटन गर्दै माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले गाउँपालिकाले पालिका भित्रको विद्यालयलाई सूचना प्रविधिमार्फत पेपरलेस सिस्टममा लैजाने योजना रहेको बताउनुभयो । उहाँले देश विकासको दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको शैक्षिक, भौतिक र समग्र सुधारमा पालिकाले योजना बनाएको र सोही अनुसार कार्यगर्न शिक्षकहरुलाई निर्देशन दिनुभयो ।

स्रोत र साधन हुँदा हुँदै पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएको तर्फ चिन्ता व्यक्त गर्दै अध्यक्ष चिदीले शैक्षिक नतिजा वृद्धि र गुणस्तर अभिवृद्धिमा सूचना प्रविधि तालिमले सहयोग गर्ने बताउनुभयो । यस्तै वडा नं. ४ का वडा अध्यक्ष शंकर दर्लामीले शिक्षकले सूचना प्रविधि, इमिस, कर्मचारी संचयकोष, नागरिक लगानी जस्ता दैनिक जीवनमा प्रयोग हुने र अतिउपयोगी तालिम भएकाले सबैले निरन्तरता सीप सिकेर विद्यालयमा गएर अरुलाई समेत सिकाउन सक्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च