पाल्पा-निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा बाल क्लब व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।
निस्दी गाउँपालिका पाल्पाको आयोजनामा सन्चालन भएको तालिममा २७ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । तालिममा बाल क्लब गठनको आवश्यकता,काम कर्तव्य र अधिकार बारे चर्चा गरिएको थियो । त्यसैगरी बाल बिबाहका कारण,न्यूनीकरणका उपायहरु र बाल अधिकार महासन्धिका बारेमा जानकारी गराइएको थियो । २ दिन सम्म सन्चालन भएको तालिमको सहजीकरण बालमैत्री शाखा निस्दीका संयोजक कुश्माखर पाण्डेले गर्नुभएको हो ।
अर्चले स्वास्थ्य चौकीको सभा हलमा सन्चालन भएको तालिम वडा स्तरीय बाल क्लबका अध्यक्ष सरिता बिकको अध्यक्षता भएको थियो ।