पाल्पा निस्दी गाउँपालिका पाल्पामा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली IEMIS (इमीस) सम्बन्धि एकदिने कार्यशाला सम्पन्न भएको छ ।
निस्दी गाउँपालिका पाल्पाको आयोजनामा सन्चालन भएको कार्यशालामा निस्दीका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यशालामा विद्यालयको हरेक गतिविधि बारे सूचना प्रणाली राख्ने प्रक्रिया बारे जानकारी गराइएको थियो । विद्यालयको व्यवस्थित सूचना प्रणालीको अभावमा प्रायः विद्यालयहरु बेरुजु देखिने समस्यालाई न्यूनीकरण गर्न कार्यशालाको आयोजना गरिएको शिक्षा संयोजक नर बहादुर थापाले बताउनुभयो । संयोजक थापाले कुनैकुनै विद्यालयहरुको शिक्षक,कर्मचारी र विद्यार्थी विवरण समेत सूचना प्रणालीमा नदेखिएको बताउनु हुँदै प्रत्येक वर्ष विद्यालयको अद्यावधिक चुस्त र दुरुस्त राख्न सुझाउनु भएको छ । कार्यक्रममा उपस्थित सहभागीहरुले प्रत्येक विद्यालयहरुमा प्राविधिक सामाग्री र नेटको पहुँच उपलब्ध गर्न गाउँपालिकालाई सुझाव दिएका थिए ।