पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले स्वाबलम्वन कृषि कृषक समुहलाई कृषि सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आ।व। २०७९र०८० को वार्षिक स्वीकृत कार्यक्रम साना ब्यबसायिक कृषि उत्पादन .पकेट. विकास कार्यक्रम,तरकारी पकेट कार्यक्रम अन्तर्गत रैनादेवी छहरा गाउँपालिका वडा नं ४ मगालमा संचालित स्वाबलम्वन कृषि कृषक समुहमा कृषि सामग्री वितरण गरेको हो ।
कार्यक्रम समुहकी अध्यक्ष गिता बगालेको अध्यक्षत, रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुकमांगत भट्टराईको प्रमुख आथित्यता , रैनादेवी छहरा गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष गोबिन्द बहादुर रायमाझीको विशिस्ट आथित्यता सम्पन्न भएको हो ।
कार्यक्रम पकेट विकास समिति संयोजक पुनकला थापा मिना.को विशिस्ट आथित्यता,कृषि विकास शाखा प्रमुख सुनिता पोखरेल ,आर्थिक विकास समिति सचिब नायब पशु स्वास्थ्य प्राबिधिक पारस मणि पाण्डे र कृषि प्राबिधिक गणेश खत्रीको आथित्यतामा समूहका सदस्यहरुको उपस्थितमा कृषि सामग्रीहरु सिंचाई पाइप ,प्लास्टिक ड्रम ,सिंचाई मटर ,क्यारेट प्लास्टिक टनेल ,मल्चिंग प्लास्टिक ,ग्रीन नेट ड्रम,तरकारी बिउ बिजन,ठेला गाडा पावर स्प्रेयर लगायतका सामग्री वितरण गरिएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।
कृषि शाखा प्रमुख सुनिता पोखरेलले कार्यक्रमको बारेमा जानकारी दिदै समुहले अनुदानको सदुपयोग गरि मगाललाइ तरकारी पकेटको रुपमा बिकास गर्न शुभकामना दिनु भयो । पकेट समिति संयोजक पुनकला थापाले तरकारी खेतिको लागि मगाल भौगोलिक क्षेत्रले पनि सम्भावना बोकेको क्षेत्र भएकाले यस क्षेत्र लाइ तरकारी उत्पादन क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनु भयो ।
वडा अध्यक्ष गोबिन्द बहादुर रायमाझीले यस क्षेत्रमा प्रसस्त मात्रामा उत्पादन योग्य जमिन भएको हुदा तरकारी उत्पादन गरि बेरोजगारी समस्यालाई समेत अन्त्य गर्न सकिने वताउनु भयो ।
रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुकमांगत भट्टराईले मगाल क्षेत्रलाइ कृषि पर्यटन संग जोडी बाझो जग्गामा तरकारी खेति गर्ने यहा खेर गएको पानीलाइ सरक्षण गरेर तालको रुपमा विकास गर्न पालिकाले योजना समेत बनाएर अगाडी बढेको बताउनु भयो । सम्पूर्ण कृषकहरुको जीवन स्तर उकास्नको लागि कृषि पेशा नै उत्तम बिकल्प रहेको हुदा गाउँपालिकाले यस्ता कृषि कार्यक्रमलाइ निरन्तर सम्भावनाको आधारमा अगाडी बढाउने कुरामा विस्वस्त पार्नुभएको थियो ।
अनुदानमा कृषि सामग्री पाएपछि किसानहरू खुसी भएका छन् । सामग्री मार्फत थोरै समयमा सजिलोसँग धेरै काम गर्न सकिने भन्दै उनीहरू खुसी भएका हुन् ।
पकेट विकास समिति उप सयोजक काशिनाथ पौडेलको स्वागत र समुहका सचिब नारायण बहादुर केसीको संन्चालनमा कार्यक्रम सम्पन्न भएको नायब पशु स्वास्थ्य प्राबिधिक पारस मणि पाण्डेले बताउनु भयो।