रिब्दीकोटको दुर्गा भवानी मा.वि मा छात्राहरुमा सामुहिक डिसोसिएटिभ मोटर डिसअडर(सि.डि.)समस्या देखिएपछि पालिकाद्धारा उपचार

पाल्पा । पाल्पाको रिब्दीकोट गाँउपालिका वडा नं. ६ अन्तर्गत ठिमुरेमा रहेको श्री दुर्गा भवानी माध्यमिक विध्यालयमा केहि छात्राहरुमा सामुहिक स्वास्थ्य समस्या देखा परेको छ ।
विद्मालयमा अध्यनरत छात्राहरुमा डिसोसिएटिभ मोटर डिसअडर(सि.डि.) को समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक शुनिल अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या आएको खवर थाहा पाएपछि डाक्टर सहितको टोलि पुगि सबैको सहयोगमा उपचार गरिएको संयोजक अधिकारीले बताउनु भयो ।

विद्मालयमा देखिएको छात्राको समस्यामा पालिका गम्भीर भएर लाग्ने गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले जानकारी दिनुभयो । विद्मालयमा देखिएको यस्तो खबरले आफुहरु दुखित भएको बताउदै खबर पाउने वित्तीकै विद्मालयमा पुगेर सहयोगमा जुटेका छौं उपाध्यक्ष अधिकारीले भन्नुभयो ।

ठिमुरेको दुर्गा भवानी माध्यमिक विद्मालयमा देखिएको यो समस्या अन्य छात्रा तथा समुदायमा नफैलियोस भनि समस्या समाधान नहुन्जेल सम्मको लागि विद्मालयमा पुर्ण रुपमा २ दिन पठनपाठन बन्द गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिनुभयो । समस्या समाधानका लागि पालिकाको स्वास्थ्य शाखा संयोजक शुनिल अधिकारी नेतृत्वमा डाक्टर सहितको टोली खटिएको बताउदै थप उपचार आवश्यक परेमा पालिकाले सहकार्य गर्ने बताउनु भयो ।
छात्रामा देखिएको समस्या समाधान तथा उपचारमा गाँउपालिका अध्यक्ष ,उपाध्यक्ष ,प्रवक्ता , अन्य जनप्रतिनिधि, शिक्षा शाखा, विद्मालयका शिक्षक,शिक्षिका तथा स्वास्थ्यकर्मी हरुको उपस्थिती रहेको स्वास्थ्य शाखा संयोजक शुनिल अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च