तानसेन वडा न ७ का महिलाहरूलाई सिलाई कटाई र ब्युटिसियन तालिम प्रदान

पाल्पा- जिल्लाकाे तानसेन नगरपालिकाले वडा न ७ का महिलाहरूलाई उधमशिल बनाउन ब्युटिपार्लर तालिम र सिलाई कटाई सम्बन्धि तालिम प्रदान गरेको छ । गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम मेडपा अन्तर्गत तालिम प्रदान गरिएको हाे । तालिम तानसेन नगरपालिकाकाे आयाेजना र ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाको समन्वय भएको हाे ।

तालिम अनुगमन गर्न पुग्नु भएकि तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले नगरपालिकाले मेडपा अन्तर्गत तानसेन वडा न १२ र ७ का महिलाहरूलाई उत्पादनमूलक कार्यमा जाेडी आत्मनिर्भर बनाउन तालिम प्रदान गरिएको बताइन । महिलाहरूले तालिममा सिकेका कुराहरूलाई व्यवहारिकता प्रदान गर्न आर्गह गर्दै नगर सरकारबाट गर्नुपर्ने सहयोग उपलब्ध गराउने बताइन । नगर सरकारले आगामी बर्षकाे नीति तथा कार्यक्रममा कृषि,पर्यटन,राेजगार,महिला उधमशिलताका बिषयलाई प्राथमिकरण गरेर बजेट निर्माण गर्ने बताईन । आफु जनप्रतिनिधि हुनु भन्दा पहिला उधमशिलताका तालिम लिएकाे अनुभुव सुनाउदै महिला दिदी बहिनिहरूलाई हत्ताेसाहित नभइ निरन्तर रूपमा व्यवसायीक उधमका कार्यहरू लाग्न आर्गह गरिन ।

तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आर्चायले नगरपालिकाले महिला उधमीहरूलाइ उधमशिल बनाउन ठुलाे लगानी गरेकोले लगानी अनुरूप नतिजा आउने गरि महिलाहरू काम गर्नुपर्ने बताए । नगरपालिकाले पहिलो चरणमा तालिम प्रदान गरेको बताउदै तालिम पश्चात् उत्पादनमूलक कार्यमा जाेडिन आर्गह गर्दै दाेस्त्राे चरणमा अन्य एडभान्स तालिमहरू आगामी बर्षहरूमा महिला उधमीहरूकाे मागकाे आधारमा प्रदान गर्दै जाने बताए ।

तानसेन वडा न ७ का वडा अध्यक्ष प्रदिप खनालले तालिम सिकेर मात्र औचित्य नहुने बताउदै तालिममा सिकेका कुराहरूलाई व्यवहारिक प्रदान गरि असल उधमीकाे रूपमा परिचित हुन उधमीहरूलाई आर्गह गरे । महिला दिदि बहिनीहरू उधमशिल कार्य गरि स्वराेजगार बन्नु पर्ने कुरामा जाेड दिदै वडा तहबाट गर्नुपर्ने सहयोग गर्न वडा कार्यालयले गर्न तयार रहेको बताए । वडाले महिला उधमीहरूकाे आवश्यकतालाई मध्ये नजर गरि आगामी बर्ष थप एडभान्स तालिमहरू वडामा ल्याउन वडाबाट पहल कदमी गर्ने बताए । ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाका उधम संयाेजक हिरामणी पराजुलीले तालिम लिदा महिलाहरू उत्साहित भएको सुनाए । अन्य समयमा घरकाे घरायसी काममा व्यस्त हुने महिलाहरू तालिम लिदा आगामी दिनमा व्यवसायी बन्न उत्साहित भएको बताए । सिलाई कटाई तालिममा २४ जना र ब्युटिसियन तालिममा २३ जना रहेको बताए । सिलाई कटाई तालिम ३ महिना र ब्युटिसियन तालिम ४५ दिने तालिम सञ्चालन गरिएको पराजुलीले बताए । अघिल्लो बर्ष तालिम पश्चात ६२ जना उधमीहरू तयार भएको र अहिले हाेजियारी,ब्युटिपार्लर सिलाई व्यवसायी सञ्चालन गर्न सफल भएको बताए ।

सविना थापाकाे घर तानसेन वडा न ७ मा पर्छ । थापा अहिले स्नातक तह वि वि एस चाैथाे बर्षकाे परिक्षा दिएर घरमै बस्दै थिइन । नगरपालिकाले ब्युटिसियन तालिम दिए पछि उनी अहिले खाली समयलाई सदुपयोग गर्दै सीप मुलक तालिम लिएको बताइन । तालिम लिन पाउँदा आफुमा केही गर्छु भन्ने आत्मविश्वास बढेकाे उनी बताउछिन । तालिम पहिलो चरणकाे रहेकोले अझै प्रयाप्त नहुने बताउदै नगरपालिकाले आगामी बर्ष थप श्रेणीका तालिमहरू ल्याउनु पर्ने थापाकाे माग रहेको छ ।

अम्बिका थापा पनि तानसेन वडा न ७ निवासी हुन । थापा यस अघि घरकाे घरायसी काममा व्यस्त थिइन । घरकाे घरायसी काममा व्यस्त हुने उनि अहिले सिलाई कटाई तालिम लिन पाउदा खुशी भएको सुनाइन । तालिम पश्चात् आफ्नै ठाउँमा सिलाई पसल खाेली सानाे व्यवसाय सञ्चालन गर्ने याेजना रहेको थापाले बताइन । घरकाे घरायसी कामकाे साथै सिलाइ व्यवसायबाट आम्दानी गरि आत्मनिर्भर बन्न तालिम पश्चात् व्यवसाय सुरू गर्ने याेजना रहेको उनले बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च