लघु उधम विकास कार्यक्रमबाट उधमशिल बन्दै तानसेन १२ का महिलाहरू

पाल्पा-जिल्लाकाे तानसेन नगरपालिका वडा न १२ बाैघा र लुहुङ्गका महिलाहरूलाई गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम(मेडपा)अन्तर्गत सिलाई कटाई तालिम र चाउमिन बनाउने तालिम प्रदान गरिएको छ । तालिम तानसेन नगरपालिकाकाे आयाेजना र ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाको समन्वयमा भएको हाे ।

मनकला गहतराजकाे घर तानसेन वडा न १२ काे बाैघा हाे । गहतराज यस अघि घरकाे घरायसी काममा व्यस्त थिइन । घरकाे घरायसी काम,अनि दिउसकाे समयमा घाँसपात गर्न व्यस्त हुने उनि अहिले सिलाई कटाई तालिम लिन पाउदा खुशी भएको सुनाइन । तालिम पश्चात् गाउँमै सिलाई पसल खाेली सानाे व्यवसाय सञ्चालन गर्ने याेजना रहेको गहतराजले बताइन । घरकाे घरायसी कामकाे साथै सिलाइ व्यवसायबाट आम्दानी गरि आत्मनिर्भर बन्न तालिम पश्चात् व्यवसाय सुरू गर्ने याेजना रहेको उनले बताइन ।

बिन्दु गैरेकाे घर तानसेन १२ काे लुहुङ्गमा पर्छ,यस अघि गैरे पनि घरायसी काममा व्यस्त थिइन । अहिले नगरपालिकाले चाउमिन बनाउने तालिम दिए पछि गैरे तालिम लिन पाउँदा केही गर्छु भन्ने आत्मविश्वास बढेको बताइन । बजारमा आज भाेलि प्राय मानिसहरूकाे रूचिकाे नास्ता चाउमिन हाे । बजारमा चाउमिनकाे माग पनि उच्च रहेको परिस्थितिमा गैरेले आगामी दिनमा सामुहिक रूपमा चाउमिन उत्पादन गर्ने याेजना रहेको बताइन । नगरपालिकाले तालिम दिएर महिलाहरूलाइ स्वराेजगार बनाउने मार्गमा अग्रसर बनाएकाे बताउदै समुहलाई चाउमिन बनाउने मेसिनकाे आवश्यकता रहेको बताइन ।

तालिमकाे अनुगमन गर्न तानसेन वडा न १२ मा पुग्नु भएका तानसेन नगर सरकारका प्रमुख सन्तोष लाल श्रेष्ठले नगरपालिकाले मेडपा अन्तर्गत तानसेन वडा न १२ र ७ का महिलाहरूलाई उत्पादनमूलक कार्यमा जाेडी आत्मनिर्भर बनाउन तालिम प्रदान गरिएको बताए । महिलाहरूले तालिममा सिकेका कुराहरूलाई व्यवहारिकता प्रदान गर्न आर्गह गर्दै नगर सरकारबाट गर्नुपर्ने सहयोग उपलब्ध गराउने बताए । नगर सरकारले आगामी बर्ष कृषि,पर्यटन,राेजगार,महिला उधमशिलताका बिषयलाई प्राथमिकरण गरेर बजेट निर्माण गर्ने बताए ।

तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आर्चायले नगरपालिकाले महिला उधमीहरूलाइ उधमशिल बनाउन ठुलाे लगानी गरेकोले लगानी अनुरूप नतिजा आउने गरि महिलाहरू काम गर्नुपर्ने बताए । नगरपालिकाले पहिलो चरणमा तालिम प्रदान गरेको बताउदै तालिम पश्चात् उत्पादनमूलक कार्यमा जाेडिन आर्गह गर्दै दाेस्त्राे चरणमा अन्य एडभान्स तालिमहरू आगामी बर्षहरूमा महिला उधमीहरूकाे मागकाे आधारमा प्रदान गर्दै जाने बताए ।

तानसेन वडा न १२ का वडा अध्यक्ष मेजर सिंह केसिले तालिम सिकेर मात्र औचित्य नहुने बताउदै तालिममा सिकेका कुराहरूलाई व्यवहारिक प्रदान गरि असल उधमीकाे रूपमा परिचित हुन उधमीहरूलाई आर्गह गरे । महिला दिदि बहिनीहरू उधमशिल कार्य गरि स्वराेजगार बन्नु पर्ने कुरामा जाेड दिदै वडा तहबाट गर्नुपर्ने सहयोग गर्न वडा कार्यालय तयार रहेको बताए ।

ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाका उधम संयाेजक हिरामणी पराजुलीले तालिम लिदा महिलाहरू उत्साहित भएको सुनाए । अन्य समयमा घरकाे घरायसी काममा व्यस्त हुने महिलाहरू तालिम लिदा आगामी दिनमा व्यवसायी बन्न उत्साहित भएको बताए । सिलाई कटाई तालिममा ८ जना र चाउमिन बनाउने तालिममा २२ जना रहेको बताए । सिलाई कटाई तालिम ३ महिना र चाउमिन बनाउने तालिम ५ दिन सञ्चालन गरिएको पराजुलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च