गुल्मीदरबार गाउँपालिकाको नीति कार्यक्रम,कृषि देखि स्थानिय मदिरालाई ब्रान्डिङ्ग गर्ने सम्मको नीति

गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले कृषि र पशुपालनलाई महत्व दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाको १३औं अधिवेशनमा गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषि र पशुपालनलाई आधुनिक प्रविधिमा आधारित तुल्याउँदै व्यवसायिकरण गरिने उल्लेख गरिएको छ ।

व्यवसायिक कृषि पकेट क्षेत्रमा सिंचाई, कृषि सडक, विधुतिकरण, कृषि बजार, सित भण्डार, तथा गोदाम घरहरुको पुर्वाधार निर्माणको लागि पहल गर्ने गुल्मीदरवार गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेस गरेको छ । पालिकको स्थापना भएदेखी नै कृषि र पशुपालनमा जोड दिंदै आएको गुल्मीदरवारले हाल ५ करोडको लागतमा गुल्मीदरवार कृषि तथा पशु उद्यमशिलता विकास परियोजना संचालन गरिरहेको छ ।

निजि क्षेत्रसंग मिलेर काम गरिरहेको गुल्मीदरवारले वडा नं ५ मा बंगुर स्रोतकेन्द्र स्थापना समेत गरेको छ भने आगामी नीति तथा कार्यक्रममा मासु पसल तथा बधशालाहरुको पुर्वाधार निर्माण एवम् स्तरोन्नति गरि स्वास्थ्य मापदण्डमा आधारित बनाउने उल्लेख गरिएको छ ।

किसानले कृषिजन्य सामाग्री उत्पादन गर्ने तर बजार नपाउने समस्या समाधान गर्न कृषि उपजको बजारीकरणको लागि अन्य स्थानीय तह तथा संघसंस्था संग समन्वय र सहकार्य गर्ने उल्लेख गरिएको छ । त्यस्तै गुल्मीदरवारले बिपतबाट किसानको धनमा हुने क्षेतिको राहतको लागि आकस्मिक कृषि एवम् पशु उपज संरक्षण कोष स्थापना गर्ने भएको छ । गाउँपालिकालाई मह उत्पादनमा आत्मनिर्भर बनाउन मह प्रशोधन र प्याकेजिङ्ह समेतको लागि लागत साझेदारीमा अगाडि बढाईने गाउँपालिकाले उल्लेख गरेको छ ।

गुल्मीदरवारले कृषिलाई व्यवसायिक बनाउन “व्यवसायिक रुपमा खेती गरौं, कृषिमा आत्मनिर्भर बनौं” नारा नै लिएर अगाडि बढ्ने भएको छ भने कृषक संग गाउँपालिका कार्यक्रमलाई निरंतरता दिने पालिका अध्यक्ष थापाले जानकारी दिनुभयो । त्यस्तै गाउँपालिकाले यो पटक पनि “अध्यक्ष उत्कृष्ट कृषक सम्मान कार्यक्रम” लाई निरन्तरता दिने भएको छ भने “एक वडा एक नर्शरी कार्यक्रम” संचालन गरी सबै वडाहरुमा व्यवसायिक नर्सरी स्थापना गर्ने भएको छ । त्यस्तै अर्गानिक तरकारी उत्पादन गरि स्वास्थ्य र आत्मनिर्भरतालाई जोड दिंदै एक घर एक करेसाबारी कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कृषिको बजारीकरणको लागि गुल्मीदरबारले गाउँपालिकाको मुख्य बजारक्षेत्रमा हाटबजार संचालन गर्ने कुरा पनि नीति तथा कार्यक्रममा समेटेको छ । त्यस्तै गुल्मीदरवारले बाँझो जमिनमा उखु, टिमुर, कागती, ओखर, लप्सी, कुरिलो, अम्रिसो, जंगली फलफुलका बिरुवा रोप्ने समेत नीति तथा कार्यक्रममा समावेस गरिएको छ ।

गाउपालिकाले स्थानिय मदिरालाई ब्रान्डिङ्ग गर्ने भएको छ । गाउँपालिकामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष सरोज कुमार थापाले आगामी आर्थिक बर्षमा स्थानीय मदिरालाई ब्राण्डिङ्ग गर्ने बताउनु भएको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले भन्नुभयो “स्थानिय स्तरमा उत्पादन हुने कच्चा पदार्थ प्रयोग गरि निर्माण हुने स्थानिय मदिरालाई ब्रान्डिङ्ग गरी अन्तर स्थानिय तह बजारीकरणको व्यवस्था मिलाईनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च