तानसेन । पाल्पाको रिब्दीकोट गाउँपालिकाले गत आर्थिक वर्ष २०७९\८० मा लक्ष भन्दा बढी राजस्व संकलन गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा विभिन्न सम्पति कर,घर बहाल कर, व्यवसाय रजिष्टेशन लगायतका १४ वटा शिर्षकबाट अनुमानित ५७ लाख २० हजार राजस्व संकलनको लक्ष राखेकोमा त्यो भन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो ।
गाउँपालिकाको असार ४ गतेसम्म तथ्याङ्क अनुसार ६४ लाख ८ हजार २ सय बयालिस रुपैया ९० पैसा राजस्व संकलन भएको लेखा अधिकृत मञ्जु पन्थीले बताउनु भयो ।
पालिकाले लक्ष भन्दा ६ लाख ५८ हजार २ सय २४ रुपैयाँ ९ पैसा बढी राजस्व संकलन गरेको लेखा अधिकृत पन्थीले जानकारी दिनुभयो ।
गाउँपालिकाले १४ वटा शिर्षकमा राजस्व संकलन गर्ने लक्ष लिएपनि अहिले सम्पत्ती कर, एकिकृत सम्पति कर,घर नक्सा व्यवसाय कर, सेवा शुल्क, दस्तुर, घर वहाल कर, नक्सा पास दस्तुर, प्रशासनिक दण्ड जरिवाना लगायत विभिन्न २३ शिर्षक बाट राजश्व संकलन गरिरहेको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनु भयो ।
गाँपालिकाले सबैभन्दा बढी राजस्व प्रशासनिक सेवा शुल्कबाट १७ लाख ७७ हजार ५ सय ३४ रुपैपा प्राप्त गरेको छ तर यो लक्षभन्दा ११ लाख ७७ हजार ५ सय ३४ रुपैयाले बढी हो ।
यस्तै पालिकाले सम्पति कर मार्फत ८ लाख ६० हजार ३७ रुपैया राजस्व संकलन गरेको छ । अन्य विक्रीबाट ४ लाख ९३ हजार ३ सय ५८ रुपैया ५० पैसा,अन्य राजस्व बाट ७२ हजार ९ सय २० रुपैया,अन्य सेवा शुल्कबाट ३ लाख ६८ हजार ६ सय २२ रुपैया,अन्य कर ६ लाख १३ हजार १ सय १५ रुपैया,अन्य दस्तुरबाट ८६ हजार २ सय ५१ रुपैया,एकिकृत सम्पति करबाट ६ सय ५५ रुपैया,यस्तैगरी कृषि उत्पादन विक्रीबाट १ हजार,घर जग्गा रजिष्टे«शन बाट ६ सय ५० रुपैया,नक्सापास बाट १२ हजार १ सय २० रुपैया,न्यायिक दस्तुर ५ सय,प्रशासनिक दण्ड जरीवानाबाट ९० हजार,परीक्षा शुल्कबाट ९९ हजार ६ सय,व्यक्तिगत घटना दर्ता दस्तुरबाट २ लाख ७४ हजार ६सय, व्यक्तिगत सम्पतिबाट २ सय ५०,बहाल करबाट ४ लाख १ हजार ९ सय ९ रुपैया ४० पैसा,भुमि तथा मालपोतबाट २ लाख ७८ हजार, ४ सय ८६ रुपैया ,व्यवसाय रजिष्टेशनबाट २२ हजार ४ सय ४० रुपैया,शिक्षा सेवा शुल्क बैदेशिक अध्ययनबाट ११ हजार ४ सय,सिफारिस दस्तुरबाट ३ लाख ४६ हजार ७ सय ७५,र अन्य सिफारिस दस्तुरबाट ५ लाख २० हजार २ सय ७० गरी आर्थिक वर्ष २०७९\८० मा पालिकाले ६४ लाख ८ हजार २ सय ४२ रुपैया ९० पैसा राजस्व संकलन गरेको लेखा अधिकृत मञ्जु पन्थीले बताउनु भयो ।