रैनादेवी छहरा पाल्पाको १४ औ गाउँसभा,निती तथा कार्यक्रम सार्वजनिक

पाल्पा । रैनादेवी छहरा गाउँपालिका पाल्पाको १४ औ गाउँसभा गाउँपालिकाको सभाहलमा शुरु भएको छ ।
गाउँसभामा अध्यक्ष भट्टराई आगामी बर्ष २०८०र८१ को लागी निती तथा कार्यक्रम प्रस्तुत गरेका छन ।

निती तथा कार्यक्रममा कृषि तथा पशु,स्वास्थ्य, गुणस्तरीय शिक्षा,स्थानीय कला संस्कृतीको संरक्षण जस्ता बिषयलाई अध्यक्ष भट्टराईले जोड दिएका छन ।
चालु आर्थिक बर्षमा शुरु भएको गुल्मी, अर्घाखाची र रुपन्देही जिल्ला जोड्ने सडक निर्माण लाई निरन्तरता, १५ शैयाको अस्पताल निर्माण, छहरा स्वास्थ्य चौकीमा आकस्मिक सेवा संचालन, एक वडा एक गौरवको आयोजना, विधालय नर्सिंङ कार्यक्रम विस्तार , एसइइ उत्रिर्ण गरिव जेहेन्दार विधार्थीहरु लाई प्राविधिकर धारको अध्ययनमा छात्रबृत्ति, कक्षा ८ माथीका छात्राहरुलाई आत्मरक्षा तालिम, छात्राहरु लाई विधालयमै निशुल्क प्याडको व्यबस्था जस्ता कार्यक्रम निती तथा कार्यक्रममा समेटिएका छन । महिलाको सिप क्षमता तथा नेतृत्व विकास गर्ने, गर्भवती महिलाको लागी आमा सुरक्षा र नवजात शिसुको पोषण कार्यक्रम, ७५ बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको लागी घरमै सामाजिक सुरक्षा कार्यक्रम र विश्राम स्थल निर्माण, कटौजेपानी खेलमैदान लाई थप स्तरउन्नती गर्दै जाने, अध्यक्ष कप तथा वडा स्तरमा विभिन्न खेलकुद प्रतियोगिता गर्ने, वडा वडामा आवश्यकता अनुसार खेलमैदान निर्माण गर्ने,कृषि तथा पशुपंक्षी तर्फ एक घर एक करेसावारी, तरकारी उत्पादनमा आत्मनिर्भर, कृषि पकेट क्षेत्र, सामुहिक रुपमा व्यबसायिक खेती, बाझो जमिनमा सामुहिक करार खेती, रैथाने वाली तथा विउ संरक्षण, कृषि एम्वुलेन्सको व्यबस्था, पालिका लाई मासु, अण्डा, दुध र तरकारीमा आत्मनिर्भर निति तथा कार्यक्रममा समेटिएको छ ।

अध्यक्ष भट्टराईले पेश गरेको निती तथा कार्यक्रममा सहकारी तथा वित्तिय क्षेत्र, उधोग तथा पर्यटन, पुर्वाधार विकास, भवन तथा आवास सहरी विकास, सिंचाई उर्जा तथा विधुत, सूचना तथा संचार, वन वातावरण तथा विपद, सशासन तथा संस्थागत विकास जस्ता विषयबस्तु समेटिएका छन ।

प्रस्तुत निति तथा कार्यक्रममा माथी कार्यपालिका सदस्य सूर्य बहादुर कार्की, वडा सदस्य धन बहादुर रायमाझी लगायतले जिज्ञासा राखेका थिए । कार्यक्रममा उपाध्यक्ष युवराज थापा, प्रवक्ता देवेन्द्र पुन सहित सम्पुर्ण जनप्रतिनिधी प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु सहित कर्मचारीहरु पत्रकारहरुको सहभागिता रहेको थियो ।
सभाका अध्यक्ष एवम गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले प्रस्तुत गरेको निति तथा कार्यक्रम बहुमतका साथ पारित भएको छ । बजेट भाषण आइतबार १० गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च