रिब्दीकोटले मनाइयो धान दिवस

तानसेन । रिब्दीकोट गाउँपालिकाले लघुवा फाँटमा राष्ट्रिय धान दिवस मनाइएको छ । गाउँपालिकाको वडा नं २ लघुवा फाँटमा किसानको माझ पुगेर पालिकाले २० औं धान दिवस मनाएको हो ।

आज अर्थात असार १५ गते पालिकाका जनप्रतिनिधि,कर्मचारी र किसानले संयुक्त रुपमा धान रोपेर दिवस मनाएका हुन ।

धान दिवस मनाउन गाउँपालिका अध्यक्ष नारायण बहादुर काकी, उपाध्यक्ष कान्ता अधिकारी,वडाअध्यक्षहरु वडा नं २ देउरालीका ओमप्रकाश पोखरेल,वडा नं ७ पालुङ्गमैनादीका दान बहादुर कुवाँर, कृषि शाखाका प्राविधिक रञ्जीब कुवँर लगायतको सहभागिता रहेको थियो ।

‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरेको पाईन्छ । यो दिवसका दिन अधिकांश स्थानमा रोपाइँ सुरुवात गर्ने गरेको पाइन्छ। खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च