पाल्पा । पाल्पाको तानसेनमा १ दिने खोज पत्रकारीता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेतृत्व राष्ट्रिय त्रैमासिकका लागि नेतृत्व मिडिया प्रालिको आयोजना, नेपाल पत्रकार महासंघ पाल्पाको समन्वय र पाल्पा भैरव दर्शन प्रा.लि पाल््पा जिपलाइन. को सहयोगमा १ दिने खोजपत्रकारिता प्रशिक्षण कार्यक्रम तानसेनमा सम्पन्न भएको हो ।
तालिममा जिल्लामा संचालित पत्रपत्रिका, रेडियो टेलिभिजन तथा अनलाइन लगायतका सञ्चारमाध्यमका सम्पादक तथा स्टेशन प्रवन्धक लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
तालिममा अन्तराष्ट्रिय प्रेस काउन्सिलका महासचिव, प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष एवम खोज पत्रकार किशोर श्रेष्ठ र बामपन्थी लेखक तथा बरिष्ठ पत्रकार कमल कोइरालाले सहजीकरण गर्नुभएको थियो। । प्रशिक्षणमा पत्रकारितामा चुनौती,कसरी खोजमूलक समाचार सामाग्री संकलन र प्रकाशन प्रसारण गर्न सकिन्छ ? खोज पत्रकारिताको महत्व लगायतको विषयमा जानकारी गराउनुभएको थियो । पत्रकारितामा आफुहरुको अनुभव सुनाउदै पहिले रअहिलेको पत्रकारीता फरक किसीमको रहको बताउनु भएको थियो ।
कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुहुँदै नेतृत्व राष्ट्रिय त्रैमासिकका प्रकाशक सम्पादक गोविन्द भट्टराईले पत्रकारिता क्षेत्रका अनुभवी ब्यक्तिहरुलाई ल्याई यहाँ संचालित सञ्चारमाध्यमका सम्पादक तथा स्टेशन प्रवन्धकका लागि खोजपत्रकारिताबारे प्रशिक्षण गर्ने योजना अनुुरुप उक्त कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष एवम सल्लाहकार झपेन्द्र गहिरे, पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष एवम सल्लाहकार राजेशकुमार अर्याल, नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराई लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।
पत्रकार महासंघ पाल्पाका केन्द्रीय परिषद् सदस्य एवम पाल्पा जीपलाइनका निर्देशक देव पचभैयाले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाको अध्यक्षता र सचिव यज्ञमूर्ति तिमिल्सिनाको संचालनमा सम्पन्न भएको थियो ।