रामग्राम नगरपालिकाले विद्युत् उत्पादन गरी, बिक्री गर्ने


परासी ।
नवलपरासीको रामग्राम नगरपालिकाले विद्युत् उत्पादन गर्ने भएको छ। सोलारबाट उत्पादन गरिने १ मेगावाटको विद्युत्लाई नगरपालिकाले नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्ने जनाएको छ।

विद्युत् उत्पादनको कार्यलाई अघि बढाउन नगरपालिकाले नीति तथा कार्यक्रममै समेटेको छ। विद्युत् उत्पादनका लागि आठ करोड रुपैयाँ लाग्ने अनुमान नगरपालिकाको छ।
लागत रकममध्ये आधा रकम ब्रिटिश सरकारको वैकल्पिक ऊर्जा नामक संस्थाले लगानी गर्न तयार रहेको नगर प्रमुख धनपत यादवले जानकारी दिए। बाँकी ४ करोडमध्ये २ करोड स्थानीयबाट संकलन गरिने छ। अपुग २ करोड नगरपालिकाले ब्यर्होने यादवले बताए। नवलपरासी जिल्लाका केही ठूला उद्योगहरूले पनि विद्युत् उत्पादन गर्दै आएका छन्।

उत्पादन गरेको विद्युत्लाई उद्योगहरूले विद्युत् प्राधिकरणलाई बिक्री गरिरहेको बताउँदै आफूहरूले पनि उत्पादन गरेको विद्युत् बिक्रीका लागि समस्या नभएको नगर प्रमुख यादवको भनाई छ।

नगरपालिकाको वडा नं. १८ स्थित पण्डितपुरमा रहेको जनता माविको सार्वजनिक जग्गामा सोलार प्लान्ट राखेर आगामी आवबाट विद्युत् उत्पादनको काम अगाडि बढाइने नगर प्रमुख यादवले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च