रैनादेबीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई तालिम

पाल्पा। रैनादेवी छहरा गाउँपालिका पाल्पाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूका लागि विद्यालय व्यवस्थापन सम्बन्धी एक दिवसिय क्षमता विकास तालिम सञ्चालन गरेको छ ।

कार्यक्रममा २ नं वडाध्यक्ष दान बहादुर पौडेल, ३ नं वडाध्यक्ष प्रदिप पौडेल, ४ नं वडाध्यक्ष गोविन्द बहादुर रायमाझी, ५ नं वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक हुमान सिंह कार्की, ८ नं वडाध्यक्ष रेम बहादुर राना, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय उपाध्यक्ष नल बहादुर राना, शिक्षा अधिकृत निशा पाण्डेको आतिथ्यता रहेको थियो ।सहभागी व्यवस्थापन समितिका अध्यक्षहरूलाई जिल्ला शिक्षा विकास समन्वय इकाई, रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमका अध्यक्ष एवम गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गर्न आर्गह गर्नु भएको छ । तालिम लिएर मात्र त्यसो औचारित्य पूरा नहुने भएकाले गाउँपालिकाले तालिम प्रदान गरेकोमा उक्त तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गरि विद्यालयको समग्र शैक्षिक एवम भौतिक गुणस्तर वृद्धिमा परिवर्तन ल्याउने गरि अग्रसर हुन आर्गह गर्नुभएको छ ।
शिक्षा शाखाका प्रा.स.राजाराम भाटलेको सञ्चालन भएको तालिमको अध्यक्षता गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च