विद्युतीय पासोमा परि अर्घाखाँचीमा एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा बँदेल धपाउन थापेको विद्युतीय पासोमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ३ का२६ वर्षिय बिमल महत रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

छत्रदेव गाउँपालिका वडा नम्बर ३ मथुरावेशी दिदीको घरमा आएको समयमा जंगलबाट अरिङगाल पोली फर्कने क्रममा छत्रदेव ३ का केशव खनालको घर नजिकै रहेको मकैबारीमा बँदेल लगायत जंगली जनावर धपाउनको थापेको विद्युतीय पासोमा परि महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

बँदेल धपाउन करेन्ट लगाउने खनाललाई नियन्त्रणमा लिई अर्घाखाँची जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान कार्य अगाडी बढाएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च