सोलुको साम्सीभन्ज्याङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ हेलिकोप्टर

काठमाडौं। सोलुखुम्बुको साम्सीभन्ज्याङमा दुर्घटनाग्रस्त अवस्थामा मनाङ एयरको हेलिकप्टर भेटिएको छ।

बिहान १० बजेर १ मिनेटदेखि सम्पर्क विहिन बनेको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको मनाङ एयरका मुक्ति पाण्डेले जानकारी दिए।

दुर्घटनाको स्थिति हेर्दा सकुशल भेट्ने अवस्था न्यून रहेको बताउँदै घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए। अहिले दुर्घटनास्थलमा जाने प्रयास भइरहेको छ।

हेलिकाेप्टरमा पाँचजना मेक्सिकोका पर्यटक माउन्टेन फ्लाइट गरेर फर्किएका थिए।

हेलिकाेप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए। यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इस्माइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन्।

अहिले दुर्घटनास्थलमा काठमाडौंबाट गएको अल्टिच्युड एयरको हेलिकप्टर पनि अवतरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च