पाल्पा जग्गा तथा आवास बिकास संघ गठन :अध्यक्षमा ढकाल

पाल्पा,
जग्गा तथा आवासको क्षेत्रमा काम गर्ने ब्यबसायीहरुले पाल्पामा जग्गा तथा आवास बिकास संघ गठन गरेका छन् । शुक्रबार तानसेनमा भएको भेलाले कमल प्रसाद ढकालको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा द्धारिका प्रसाद नेपाल, सचिबमा रमेश प्रसाद न्यौपाने रहुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा कमल रायमाझी चयन हुनुभएको छ ।, भने सदस्यहरुमा महेश शर्मा, उमानाथ घिमिरे र पदम राना रहुनुभएको छ ।

तदर्थ समितिले बिधान निर्माण गरि दर्ता प्रकृया अगाडी बढाउने निर्णय भएको नवगठित तदर्थ समितिका अध्यक्ष कमल प्रसाद ढकालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च