संसदको अवरोध हटाउन सभामुख घिमिरे छलफलमा

काठमाडौं । आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा अबरोध हटाउनका लागि सभामुख देवराज घिमिरेले छलफल गगर्ने भएका छन् । संसदको अवरोध खुलाउने र संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने विषयमा राजनीतिक दलका शीर्ष नेताहरुसँग मध्यान्न १२ बजे छलफल गर्न लागेका हुन् ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ ।
संसदको अवरोध खुलाउन पहल स्वरुप सभामुख घिमिरेले आइतबार पनि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए । सो छलफलले शीर्ष नेताहरुसँग नै छलफल गर्नुपर्ने निष्कर्ष निकालेको थियो । आजको संसद बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने लगायतका सम्भावित कार्यसूची छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च