पाल्पामा डेंगी संक्रमणबाट बालिकाको मृत्यु

तानसेन। पाल्पामा डेंगी संक्रमणबाट बालिकाको मृत्यु भएको छ । वालिङ नगरपालिका ११, आमडाँडा, स्याङजाकी ११ महिनाकी बालिकाको युनाइेट मिसन अस्पतालमा उपचारक्रममा निधन भएको हो ।

मृतक बालिकामा शरीरमा सुख्खापन, झाडाबान्ता लगायत अन्य समस्या देखिएको र डेंगी परीक्षण गर्दा पोजिटिभ पुष्टी भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

पाल्पाको मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजमा डेंगीबाट ७३ जना संक्रमित भइसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यसअघि डेंगी संक्रमणबाट तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमै उपचारका क्रममा आइतबार बेलुकी मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च