पाल्पामा पनि मनाईयो अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रम

पाल्पा,
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रोट्र्याक्ट क्लव अफ पाल्पा तानसेन र नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको सम्युक्त आयोजनामा वर्ष उत्कृष्ट युवा सम्मान तथा अन्तरक्रिया कार्यक्रम शनिवार तानसेनमा सम्पन्न भएको छ।

दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ, नवप्रबर्धन र उद्यमशिलतामा हरित सीप विकास भन्ने नाराका साथ युवा दिवस मनाइएको हो । कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यका साथै सामाजिक कार्यमा सक्रिय युवा कमल बस्याललाई कार्यक्रममा सम्मान गरिएको छ ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, नेपाल परिवार नियोजन संघ पाल्पाका सभापति सुशीलराज शाक्य, जिल्ला समन्वय समितिका समन्वय अधिकारी जनार्दन अधिकारीले अगुवा युवा बस्याललाई सम्मान गर्नुभएको हो । सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै समन्वय प्रमुख खनालले युवालाई यही देशमा केही गरौ भन्ने भावना जगाउनुपर्ने अवस्था आएको बताउनुभयो । युवाहरु विदेश पलायन अधिक भइरहेका बेला संघ, प्रदेश र स्थानीय तहले युवालाई स्वरोजगार बनाउने, उद्यमशीलतामा अघि बढाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघका शाखा प्रबन्धक सोवा कान्त न्यौपाने, रोट्«याक्ट क्लब अफ पाल्पाका अध्यक्ष विक्रम सिंहले क्लवको सुरुवात काम र उद्देश्य विषयक विशेष प्रतुति प्रस्तुत तथा
युवाका विषयमा अवधारणा पत्र प्रस्तुत गर्दै युवालाई विभिन्न क्षेत्रमा काम गर्ने वातावरण बनाउने र यही टिकाउने र विकाउने बनाउनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीले प्लस टु पढे पछि विदेश जाने तयारी गर्ने युवाहरुलाई अब यही देशमा केही गर्न सकिन्छ भन्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुनभयो

कार्यक्रम नेपाल परिवार नियोजन संघ पाल्पा शाखा सभापति शुसिलराज शाक्यको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख टंकनाथ खनालको प्रमुख आतिथ्यता र जिल्ला समन्वय अधिकारी जनार्धन अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च