पाल्पा, पाल्पाको रिब्दीकोट गाउँ सरकारले घरमै पुगेर स्थानीये अपाङ्गता भएकाहरुलाई घरमै ह्विल चेयर दिएको छ । गाउँपालिकाले वडा न ५ कुसुमखोला देविडाँडाका मोतीबहादुर लम्तरीलाई घरमै पुगेर ह्विल चेयर दिएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल र स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी लगायतको टोलीले लम्तरीको घरमै पुगेर ह्विल चेयर हस्तान्तरण गर्नुभएको थियो ।
लम्तरी रुखमा घाँस काट्ने क्रममा लडेर घाइते हुनुभएको थियो । रुखबाट लडेर घाइते भएका लम्तरीलाई ढाडको समस्याको कारण घर वरीपरी हिडडुल गर्न, दिसा पिसावको लागि शौचालय जान समेत कठिनाइ हुँदै आएको थियो । ह्विल चेयरबाट घर वरपर हिडडुल गर्न दिसा पिसाव गर्न सजिलो हुने लम्तरीले बताउनु भएको छ ।
गाउँपालिकाले श्रावण महिनामा वडा नंं २ देउरालीमा २ वटा, वडा नंं ५ कुसुमखोलामा ३ वटा, वडा नंं ६ मा २ वटा, वडा नंं ७ मा १ वटा र वडा नंं ८ मा १ वटा गरी ९ वटा ह्विल चेयर वितरण गरेको हो ।
गाउँपालिकाले गरेको सर्वेक्षणअनुसार समितिले घरवाट बाहिर हिडडुल गर्ने नसक्ने अपाङ्ग, जेष्ठ नागरिकहरुलाई घर घरमै पुगी परिचयपत्र वितरण गर्दै आएको स्वास्थ्य संयोजक सुनिल अधिकारीले बताउनु भयो ।
वडाका जनप्रतिनिधीहरुले अपाङ्गहरुको घर घरमै पुगेर अवस्था बुझिकन पालिकामा सिफारिस गर्ने सोही आधारमा अपाङ्ग समन्वय समितिले निर्णय गरेर पुनः जनप्रतिनिधी मार्फत घरमा सहयोग र्पुयाउने तथा नागरिकको अवस्थाबारे जानकारी लिने गरिएको समितिकी संयोजक तथा पालिका उपाध्यक्ष अधिकारीले भनाई छ ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीका अनुसार रिब्दीकोट गाउँपालिकाले दुःखमा परेका, विभिन्न घटना दुर्घटनाबाट अपाङ्ग भएका व्यक्तिहरुलाई जनप्रतिनिधिहरु घर घरमै पुगेर अवस्था बुझेर ह्विल चेयर, बैशाखी जस्ता जीवनलाई साहारा हुने खालका आवश्यक सरसमान वितरण गर्दै आएको छ ।
उपाध्यक्ष कान्ता अधिकारीको संयोजकत्वमा रहेको अपाङ्ग समन्वय समिति मार्फत पालिका भित्रका जनताहरुलाई सहयोग गर्ने कार्यक्रम पालिकाले गर्दै आएको छ र नागरिकको घरदैलोमै गएर सेवा दिने उदेश्य पालिकाको रहेको अध्यक्ष कार्कीले बताउनुभयो ।
पालिकाले आवश्यकताको आधारमा ह्विल चेयर वितरण गने र स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताउनु भयो ।