पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो?

काठमाडौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

वृद्धि भएको मूल्य आज रातिदेखि लागू हुने निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ पुगेको छ।

निगमले पछिल्लो समय निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी)बाट आउने प्रत्येक १५ दिनको मूल्यअनुसार नेपालमा पनि मूल्य घटबढ गर्दै आएको हो ।

मंगलबार आएको नयाँ मूल्य सूचीअनुसार आईओसीबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढेको जनाएको छ ।

निगमका अनुसार आईओसीबाट पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ८५ पैसा र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ११ रुपैयाँ २५ पैसा बढेर आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च