एमाले बाग्मती अधिवेशन दुई दिन लम्बियो, आजबाट निर्वाचन प्रक्रिया सुरु

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिएको छ । बाग्मती प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा प्रदेश अधिवेशन लम्बिएको हो । जसका कारण हिजो सम्पन्न हुनु पर्ने अधिवेशन दुइ दिन बढी लम्बिन पुगेको हो । आजका लागि निर्वाचन कार्यतालिका सार्बजनिक भएको छ ।

गत ८ गते सुरु भएको अधिवेसन ९ गते सम्पन्न गर्ने भनिए पनि अब अधिवेशन ११ असोजसम्म चल्नेछ । निर्वाचन समितिले असोज १० र ११ गतेको निर्वाचन कार्यतालिकाको बारेमा जानकारी दिएको हो । जसअनुसार निर्वाचन कार्यक्रम आज बिहान ८ बजेदेखि सुरु हुनेछ । तालिकाअनुसार बुधबार बिहान ९ बजे अन्तिम मतदाना नामवली प्रकाशन हुनेछ भने ९ देखि ११ बजे उम्मेदवारी मनोनयन गरिनेछ । दिउँसो ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुटाएको निर्वाचन समितिले साँझ ५ बजे मात्रे उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ ।

बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्न लागेको बाग्मती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने छ भने सोह दिन निर्वाचित प्रतिनिधिको नतिजा प्रकाशन पर्ने गर्ने जनाईएको छ । जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।

बन्द सत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको बाग्मती एमालले निर्वाचनको सम्पुर्ण प्रक्रिया भने च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च