तानसेन ,
रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरीय पोषण समिक्षा कार्यक्रम तथा २०८०-८१ को योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
स्वास्थ्य शाखा अन्तर्गतको वार्षिक कार्यक्रम अनुसार समिक्षा तथा योजना तर्जुमा गोष्ठीको आयोजना गरीएको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थ्य शाखाबाट आर्थिक बर्ष २०७९-०८० संचालन भएको पोष सम्बन्धी कार्यक्रमको विषयमा छलफल भएको तथा यो वर्ष रिब्दीकोट गाउँपालिकाले पोषणको क्षेत्रमा स्थानीय बाट १५ लाख र संघबाट ६ लाख ५२ हजार गरी २१ लाख ५२ हजार बजेट बराबरको काम गर्ने,यस्तै गत वर्ष गाउँपालिकाले २१ लाख ६७ हजार बजेटको काम गरेको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
कुपोषणको वर्गीकरण, बालबालिकामा पोषणको अवस्था, कुपोषणका कारण नेपालमा बाल मृत्युदर, पोषणको अवस्था सुधार गर्न रिब्दीकोट गाउँपालिकामा भएका पहलहरु, पोषण बारे दीर्घकालिन सोच, लक्ष्य र उद्देश्यहरु, पालिका स्तरीय पोषण समीतीको काम, कर्तब्य र अधिकार लगाएतका बारेमा कार्यक्रममा छलफल भएको प्रमुख अधिकारीले बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालले कार्यक्रमका आगामी योजनाहरु, पोषण सम्बन्धि सूचकहरुको अभिलेख एंव प्रतीवेदनको गुणस्तरको सुधार तथा चुनौतीहरु लगाएतका विषयमा आम जनतालाई थाहा भएमा मात्र सुधार भएर जाने बताउदै यस विषयमा स्वास्थ्य कर्मीलाई गम्भीर भएर लाग्न सुझाव दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले समुदायमा अझैपनि स्वास्थ्य सचेतनाको अभावमा बालबालिकाहरुलाई कुपोषण हुने गरेकाले गाउँपालिकाले चेतनामुलक सन्देश प्रवाह गर्नका लागि महिला स्वास्थ्य स्वयंम सेविकालाई परिचालन गर्ने बताउनुभयो ।
समिक्षा बैठकमा पालिका स्तरमा पोषणमा विशेष समितिहरुको नियमित बैठक ,पोषण कर्नर सबै स्वास्थ्य सस्थामा भएको तथा पोषण फोकल व्यक्ति बाट कार्य भएको स्थानिय स्तरबाट उपल्ब्ध हुने पोसिलो खाना तथा विधालयमा खुवाईने खानामा पोसिलो भए नभएको कुरा पालिकाबाट बारम्बार रेखदेख गरीएको अध्यक्ष कार्कीको भनाई थियो ।
गोष्ठीमा स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी तथा स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत तथा पोषण कार्यक्रम फोकल पर्सन टिकाराम अधिकारीले सहजिकरण गर्नुभएको थियो ।
गोष्ठीमा गाउँपालिका अध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत, वडा न. ७ का वडा अध्यक्ष प्रशासन प्रमुख,स्वास्थ्य शाखा प्रमुख तथा पोषण फोकल पर्सन, पत्रकार रोजगार सहायक तथा पालिकाका अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।